Skip This

निकिताको डेभ्यु फिल्म ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक

खरीबोट

काठमाडौँ । ‘एक्सन स्टार’ विराज भट्टको डेब्यू निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक भएको छ ।

लोक लयमा आधारित ‘चरीले काफल’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने, उनलाई गायनमा मिलन नेवारले साथ दिएकी छन् । 

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा विराजसँग पूर्व मिस नेपाल निकिता चाण्डकले ठुम्का लगाएकी छन् ।

निकिताको ‘साङ्लो’ डेब्यू फिल्म भएका कारण धेरैमा उनको अभिनय कस्तो होला भन्ने कौतुहलता रहेको छ । 

माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्म एक्सन जनरामा बनेको छ । यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । 

मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । 

मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’ मा विराज र निकिताका अलावा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।  
 

सम्बन्धित समाचार

‘म यस्तो गीत गाउछु २' को गीतमा पुजा र पलको रोमान्टिक अवतार

काठमाडौँ । सुदर्शन थापा निर्माण र निर्देशनमा बनिरहेको फिल्म ‘म यस्तो गीत गाउछु २' को पहिलो गीत सार्वजनिक गरिएको छ । अभिनेत्री पुजा शर्मा र अभिनेता पल शाहलाई रोमान्टिक रुपमा प्रस्तुत

दक्षिण अफ्रिकी तुन्जीले जितिन् मिस युनिभर्सको उपाधि

एटलान्टा । एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी

अभिनेत्री ऋचा शर्मा बैबाहिक बन्धनमा

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा शनिबार बैबाहिक बन्धनमा बाँधिएकी छन् । प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले विवाहमा परिणत गरेका

सौगात र सृष्टिको चलचित्र ‘सँगसँगै’ को शुभमुर्हत  

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा ‘सँगसँगै’ नामक फिल्म निर्माण हुने भएको छ । साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने फिल्मको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुर्हत गरिएको छ ।   फिल्ममा


z