• २०८१ बैशाख ७ शुक्रबार

'ब्राण्डको प्रचार' मा पनि एक नम्बर बने आयुष्मान !

kharibot

मुम्बई । बलिवुड अभिनेता आयुष्मान खुराना अहिले सफलताको नयाँ उचाईमा रहेका छन् ।

पछिल्लो दुई बर्षमा लागातार सात सुपरहिट फिल्ममा काम गरेका आयुष्मानले फिल्मका अलावा विभिन्न उत्पादनको प्रचारमा अपनी अगाडी आएका छन् ।

लगातार सफल फिल्ममा काम गरेपछि अब कैयौ ठुला ब्राण्ड आयुष्मानलाई प्रयोग गरेर आफ्नो ब्राण्डको प्रचार गर्न चाहेका छन् ।

यस बर्ष आर्टिकल १५, ड्रीम गर्ल र बाला जस्ता सफल फिल्ममा अभिनय गरेका आयुष्मानले गत बर्ष फिल्म अन्धाधुनका लागि राष्ट्रिय अवार्ड समेत जितेका थिए ।

आयुष्मानले २०१८ सकिने बेलासम्म केवल ५ उत्पादनको ब्राण्ड एम्बेसडर रहेकोमा अहिले २०१९ को नोभेम्बरको अन्त्यसम्म आइपुग्दा २० भन्दा बढी ब्राण्डको ब्राण्ड एम्बेसडर बनेर बलिवुडमा सबैभन्दा बढी ब्राण्डको प्रचार गर्ने अभिनेता बनेका छन् ।

आयुष्मान अहिले रियल स्टेट, मोबाइल ब्राण्डदेखि घडी, ब्युटी प्रोडक्टसम्मको ब्राण्डको प्रचार गरिरहेका छन् । फिल्मका अलावा आयुष्मानले ब्राण्डको प्रचारबाट समेत करोडौ कमाई गरिरहेका छन् ।

आयुष्मान बलिवुडमा शाहरुख खानपछि टेलिभिजनबाट आएर सफलहुने दोस्रो ठुलो अभिनेता बनेका छन् ।

आयुष्मानको अब अर्को फिल्म महानायक अमिताभ बच्चनसँग गुलाबो सिताबो आउदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै