• २०८१ बैशाख १३ बिहीबार

लिभरपुल बराबरीमा रोकियो, समुह 'इ' को समीकरण रोचक

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत लिभरपुल नापोलीसँग बराबरीमा रोकिएपछि टप १६ मा पुग्न अन्तिम खेल पर्खिनुपर्ने भएको छ ।

गएराती सम्पन्न खेलमा समुह इ अन्तर्गतको खेलमा लिभरपुल र नापोली १-१ गोलको बराबरीमा रोकिएका छन् ।

लिभरपुलका लागि डेजान लोभरेनले एक गोल गरे भने नापोलीका लागि ड्राइज मेर्टेन्सले एक गोल गरेका थिए । लोभरेनले खेलको ६५औ मिनेटमा हेडमार्फत गोल गर्दै लिभरपुललाई हारबाट बचाएका थिए ।   

लिभरपुल र नापोली यो खेल जितेर अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्ने दाउमा रहेको भएपनि यो बराबरी पछि अब यस समुहबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो अन्तिम खेलपछि मात्र लाग्ने भएको छ ।

यस समुहमा लिभरपुलको ५ खेलमा १० अंक रहेको छ भने अब अन्तिम १६ मा पुग्न अन्तिम खेलमा साल्जबर्गसँग बराबरी खेले मात्र पुग्ने छ । त्यस्तै साल्जबर्गको ५ खेलमा ७ अंक रहेको छ भने समुहमा तेस्रो स्थानमा रहेको छ । 

त्यस्तै नापोलीको ५ खेलमा ९ अंक छ भने अन्तिम खेलमा जेन्कसँग खेल्ने छ ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै