• २०८१ बैशाख ८ शनिबार

लर्ड्स मैदानमा नेपाली क्रिकेट टिमले फेरी खेल्ने   

kharibot

फाइल तस्बीर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आउदो भदौ महिनामा इङल्याण्डको प्रतिष्ठित लर्डस क्रिकेट मैदानमा फेरी एक पटक खेल्ने भएको छ ।

क्रिकेटको घर मानिने लर्ड्स मैदानमा नेपालले २४ अगस्ट, २०२० अर्थात २०७७ को भदौ ८ गते मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग क्रिकेट खेल्ने भएको हो ।

लर्डसले हालै सार्वजनिक गरेको सन् २०२० को खेल तालिकामा नेपालले फेरी एक पटक लर्ड्स मैदानमा खेल्ने तालिका सार्वजनिक गरेको छ । 

नेपालले यसअघि सन् २०१६ मा पनि लर्ड्समा एमसीसीसँग क्रिकेट खेलेको थियो भने गत बर्ष नेदरल्याण्डससँग लर्ड्स मैदानमा भएको कहल बर्षाले प्रभावित भएको थियो ।

एमसीसीले केहि साता अघि मात्र नेपालको भ्रमण सकेर फर्किएको छ । एमसीसीले नेपालमा रहदा अन्डर १९, राष्ट्रिय टिम र मिक्स टिमविरुद्ध खेलेको थियो भने पोखरा पुगेर समेत खेलेको थियो । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै