लर्ड्स मैदानमा नेपाली क्रिकेट टिमले फेरी खेल्ने   

खरीबोट

फाइल तस्बीर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आउदो भदौ महिनामा इङल्याण्डको प्रतिष्ठित लर्डस क्रिकेट मैदानमा फेरी एक पटक खेल्ने भएको छ ।

क्रिकेटको घर मानिने लर्ड्स मैदानमा नेपालले २४ अगस्ट, २०२० अर्थात २०७७ को भदौ ८ गते मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग क्रिकेट खेल्ने भएको हो ।

लर्डसले हालै सार्वजनिक गरेको सन् २०२० को खेल तालिकामा नेपालले फेरी एक पटक लर्ड्स मैदानमा खेल्ने तालिका सार्वजनिक गरेको छ । 

नेपालले यसअघि सन् २०१६ मा पनि लर्ड्समा एमसीसीसँग क्रिकेट खेलेको थियो भने गत बर्ष नेदरल्याण्डससँग लर्ड्स मैदानमा भएको कहल बर्षाले प्रभावित भएको थियो ।

एमसीसीले केहि साता अघि मात्र नेपालको भ्रमण सकेर फर्किएको छ । एमसीसीले नेपालमा रहदा अन्डर १९, राष्ट्रिय टिम र मिक्स टिमविरुद्ध खेलेको थियो भने पोखरा पुगेर समेत खेलेको थियो । 
 
 

सम्बन्धित समाचार

लर्ड्स मैदानमा नेपाली क्रिकेट टिमले फेरी खेल्ने   

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आउदो भदौ महिनामा इङल्याण्डको प्रतिष्ठित लर्डस क्रिकेट मैदानमा फेरी एक पटक खेल्ने भएको छ । क्रिकेटको घर मानिने लर्ड्स मैदानमा नेपालले २४ अगस्ट, २०२० अर्थात

दोस्रो दिनको खेल सकियो, एमसीसीलाई ३०२ रनको अग्रता 

काठमाडौँ । नेपाल र मरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच जारी तीनदिवसीय फर्स्ट क्लास क्रिकेटमा दोस्रो दिनको खेल सकिएको छ । दोस्रो दिनको खेल सकिदा एमसीसीले नेपालमाथि ३०२ रनको अग्रता लिएको छ

नेपाल १५३ मा अलआउट, एमसीसीले फलोअन दिएन  

काठमाडौँ । नेपाल र मरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच जारी तीनदिवसीय फर्स्ट क्लास क्रिकेटमा नेपाल पहिलो इनिंगमा १५३ रनमा अल आउट भएको छ । नेपालले १५३ रनमा अल आउट भएसंगै एमसीसीले

पहिलो इनिंगमा एमसीसी बलियो, बनायो ३६४ रन

काठमाडौं । नेपाल र मरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच जारी तीनदिवसीय फर्स्ट क्लास क्रिकेट खेलमा एमसीसी पहिलो इनिंगमा ३६४ रनमा समेटिएको छ । पहिलो दिन ६ विकेट गुमाएर ३११ रन बनाएको


z