• २०८१ बैशाख ८ शनिबार

‘बादलभित्रको घाम पुरस्कार’ को छनोटमा उत्कृष्ट पाँच कृति

kharibot

काठमाडौँ । शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ का लागि विभिन्न पाँच कृति उत्कृष्ट छनोटमा परेका छन्।

छानिएका पुस्तकमा अम्बिका अर्यालको उपन्यास सङ्ग्रह ‘अविश्रान्त’, नरेन्द्रराज पौडेलको निबन्ध सङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथा सङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास सङ्ग्रह ‘सुनपानी’, दामोदार पुडासैनी ‘किशोर’ को कविता सङ्ग्रह ‘शहरबिनाको रहर’ छन्। पुरस्कारको राशि रु एक लाख ११ हजार १११ छ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालका अनुसार पुरस्कारका लागि कृति बुझाउन आह्वान गर्दा प्राप्त ८४ कृतिमध्येबाट उत्कृष्ट पाँचमा परेकाबाट थप छनोट गरी पुरस्कृत गरिने जानकारी दिए। स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा ती कृति छानिएको संस्थाले जनाएको छ।

प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माको निबन्ध सङ्ग्रह ‘बादलभित्रको घाम’ को बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार प्रदान हुने भएको हो।

सो कृति पहिलो संस्करणमै ११ हजार ५०० प्रति प्रकाशित भएको थियो। पुरस्कार आगामी फागुन १८ गते प्रदान हुनेछ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै