च्याम्पियन्स लिगमा युभेन्टससँगको हारपछि एटलेटिको संकटमा

खरीबोट

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत एटलेटिको म्याड्रिड युभेन्टससँग पराजित भएपछि अन्तिम १६ मा छनौट हुने सम्भावना संकटमा परेको छ ।

गएराती सम्पन्न खेलमा युभेन्टसले पाउलो डिबालाको निर्णायक गोलमा एटलेटिको म्याड्रिडमाथि १-० को जित हासिल गरेको छ ।

डिबालाले खेलको पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए । यो जी पछि युभेन्टस ५ खेलमा १३ अंक हासिल गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान सुनिश्चित गरेको छ । 

त्यस्तै एटलेटिको म्याड्रिडको भने ५ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ भने बयार लिभरकुसनको ५ खेलमा ६ अंक रहेको छ । यस स्थितिमा एटलेटिकोले डिसेम्बर १२ मा हुने लोकोमोटिभ मोस्कभाविरुद्धको खेल जित्नै पर्ने भएको छ ।

त्यस्तै समुह डि मा बायर लिभरकुशनले आफ्नो अन्तिम खेलमा युभेन्टससँगको खेल जितेमा भने एटलेटिको बाहिर हुने स्थित बनेको छ ।
 

सम्बन्धित समाचार

लिभरपुल र नापोली च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौँ । युइएफ़ए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले स्लाजबर्गलाई २-० गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलको जितमा नाबी केइटा र मोहमद सलाहले एक एक गोल गरेका थिए

भलेन्सिया र चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा, अयाक्स बाहिरियो  

काठमाडौँ । युइएफ़ए च्याम्पियन्स लिग अन्तर्गत गत बर्ष सेमिफाइनल सम्म पुगेर चर्चा कमाएको नेदरल्याण्डसको क्लब अयाक्स यस बर्ष भने समुह चरणबाटै बाहिरिएको छ । गएराती सम्पन्न खेलमा अयाक्स स्पेनिस क्लब भलेन्सियासँग

फातीको कीर्तिमानी गोलमा बार्सिलोना विजयी, इन्टर मिलान बाहिरियो

काठमाडौँ । युइएफ़ए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले इन्टरमिलनलाई पराजित गरेको छ । गएराती भएको समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले इन्टर मिलानलाई पराजित २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा

च्याम्पियन्स लिगमा इन्टरमिलानविरुद्ध मेसी नखेल्ने 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गतको समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले प्रमुख खेलाडीलाई आराम दिएको छ । मंगलबार राति हुने इन्टर मिलानविरुद्ध खेल्ने टिममा बार्सिलोनाले लियोनेल मेसीसहित जेरार्ड पिके, सेर्गी रोबेर्टोलाई टिम


z