• २०८१ बैशाख १३ बिहीबार

साहित्यकार तथा पत्रकार विनय कसजूको निधन

kharibot

काठमाडौं । साहित्यकार तथा पत्रकार विनय कसजूको निधन भएको छ ।

राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष, चर्चित बाल साहित्यकार  तथा वरिष्ठ पत्रकार कसजूको मंगलबार निधन भएको हो ।

उनको मंगलबार दिउँसो २ बजे मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको हो । ६९ वर्षीय कसजू केही समयदेखि निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता स्वास्थ्य समस्याबाट पिडित रहेका थिए ।

कसजूलाई एक कुशल लेखक, पत्रकार तथा सूचनाका हकका अभियान्ताक रुपमा समेत चिनिन्छ । उनले वि.सं. २०६५ सालदेखि २०६८ सालसम्म प्रमुख सूचना आयुक्तको रूपमा काम गरेका थिए ।

नेपाली बाल साहित्यको क्षेत्रमा उनका ३७ वटा पुस्तक प्रकाशित छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै