बङ्गलादेशमा एकल चित्रकला प्रदर्शनी गर्दै बनेपाली

खरीबोट

काठमाडौँ । भक्तपुरका चित्रकार दीपेन्द्रमान बनेपालीले बङ्गलादेशको राजधानी ढाकामा ‘एकल चित्रकला प्रदर्शनी’ गरेका छ।

ढाकामा आयोजित ‘अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी’का अतिथि कलाकार बनेपालीले नेपालको संस्कृतिसँगै पुरातात्विक, ऐतिहासिक तथा धार्मिक क्षेत्रको पहिचान झल्कने चित्र समावेश गरेर चित्रकला प्रदर्शनी गरिएको जानकारी दिए।

प्रदर्शनीसँगै उनले नेपाल भ्रमण वर्ष २०२० मा “नेपाल घुम्न जाऔँ” भन्दै अतिथिहरुलाई नेपाली ढाकाटोपी लगाएर स्वागत गरेका थिए। बनेपालीले नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालका मठमन्दिर, लुम्बिनी, काठमाडौँ, पोखरा लगायत विभिन्न पर्यटकीय क्षेत्रका बारेमा सहभागीलाई जानकारी गराइएको बताए।     

बङ्गलादेशका वरिष्ठ कलाकार प्रा.हमिद उदजमान खानले अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी ढाकामा पहिलो पटक भएको बताउँदै आपसी सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमले पुलको काम गर्ने उल्लेख गरेका थिए।

कार्यक्रममा बनेपालीले देशदेशबीच सम्बन्ध थप प्रगाढ बनाउन कला महत्वपूर्ण माध्यम हुने उल्लेख गरे। नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको प्रदर्शनीमा चित्रकलातर्फ २० र हस्तकलातर्फका २६ कलाकारले सहभागिता जनाएका छन्।

शनिबारदेखि शुरु भएको प्रदर्शनी सात दिनसम्म चल्ने छ।
 

सम्बन्धित समाचार

बङ्गलादेशमा एकल चित्रकला प्रदर्शनी गर्दै बनेपाली

काठमाडौँ । भक्तपुरका चित्रकार दीपेन्द्रमान बनेपालीले बङ्गलादेशको राजधानी ढाकामा ‘एकल चित्रकला प्रदर्शनी’ गरेका छ। ढाकामा आयोजित ‘अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी’का अतिथि कलाकार बनेपालीले नेपालको संस्कृतिसँगै पुरातात्विक, ऐतिहासिक तथा धार्मिक क्षेत्रको

सुषमाको एकल चित्रकला प्रदर्शनी मस्कोमा 

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ एवं कलाकार सुषमा राजभण्डारीको १६औं एकल चित्रकलाको प्रदर्शनी रुसको राजधानी मस्कोमा नेपाल फेस्ट सांस्कृतिक मेलामा सुरु भएको छ । प्रदर्शनीको रुसका लागि नेपाली राजदुत

चिनियाँ चित्रकला प्रदर्शनी शुरु

काठमाडौँ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध बढाउनका लागि चिनियाँ चित्रकला प्रदर्शनी आजदेखि नेपाल कला परिषद्, बबर महलमा शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले

अनाथका लागि कम्प्युटर किन्न ज्वालाको एकल चित्रकला प्रदर्शनी

काठमाडौँ । नेपालकला परिषदमा ज्वाला ढकालको एकल चित्रकला प्रदर्शनी शनिबारदेखि शुरु भएको छ ।  प्रदर्शनी अवलोकन पश्चात संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री धन बहादुर बुढा मगरले ज्वाला सेवा भावको उत्कृष्ठ


z