• २०८१ बैशाख ६ बिहीबार

टर्किस एयरलाइन्सको वार्षिकोत्सव मनाइयो

kharibot

काठमाडौं । टर्किस एयरलाइन्सले नेपालबाट सेवा संचालन गरेको छ बर्ष पुरा भएको अवसरमा एक भव्य कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मानिएको छ ।

गोकर्ण फरेस्ट रिसोर्ट गत शनिबार आयोजना गरिएको कार्यक्रममा उद्योग, कर्पोरेट, विभिन्न कुटनीतिक नियोग, नियमित यात्रुहरु, ट्राभल एजेन्सी तथा मिडियाको सहभागितामा टर्किस एयरलाइन्सले आफ्नो वार्षिकोत्सव भव्यरुपमा मनाएको हो । 

कार्यक्रमलाई रमाइलो बनाउन विभिन्न खेलको आयोजना गरीएको थियो । डेस्टिनेसन सेल्फी, ट्रेजर हन्ट र गल्फ खेल कार्यक्रमको मुख्य आकर्षण रहेको थियो ।

    

कार्यक्रममा विभिन्न खेलका बिजेताहरुलाई बिजनेस क्लास, इकोनोमी क्लास र कुनै पनि टर्किस एयरर्लाइन्सको डेस्टिनेसनमा राउण्ड ट्रीप, टर्कीको बाकु ट्रीप र काठमान्डौको होटेलहरुमा डिनर तथा लन्च भाउचर जस्ता पुरस्कार प्रदान गरिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै