• २०८१ बैशाख ५ बुधबार

सान्युको 'पाँच नग्न' पेन्टिङ रेकर्ड तीन सय मिलियनमा बिक्री

kharibot

हङकङ । हङकङको वान चाइ कन्भेन्सन सेन्टरमा आयोजित २०औं शताब्दीको कन्टेम्पोररी कला साँझमा चीनिया-फ्रान्सेली कलाकार सान्युको १९५५ मा बनेको 'पाँच नग्न', तीन सय तीन मिलियन हङकङ डलरमा बिक्रि भएको छ ।

एसियन २०औं सताब्दी र कन्टेम्पोररी कलाका कार्यकारी निर्देशक, एरिक च्याङ भन्छन्, “फाइभ न्युड्सको रातो पृष्ठभुमि रिच छ, पेन्टिङमा भएको पहेँलो कार्पेट जसमा महिला उभिइरहेका छन् त्यसले मेटिसको झलक दिन्छ।” उनी भन्छन्, “ सान्युले मुभमेन्ट प्रस्तुत गर्न धर्काको प्रयोग गरेका छन्, शरीरको तल्लो भाग चलिरहेको वा नृत्य गरिरहेको जस्तो देखिएपनि माथिल्लो भाग स्थिर देखिन्छ।” पेन्टिङलाई नृत्यसंग जोडिएको छ ।

सान्यु चीनिया-फ्रान्सेली कलाकार हुन् । उनले प्रिन्टहरु, चित्रकला र थुप्रै पेन्टिङ बनाएका छन् । उनको कलामा युरोपको इतिहास जीवन्त देखिन्छ र चीनिया क्यलियोग्राफीको मिश्रण पाइन्छ।

रंग र ढाँचालाई आफ्नो कलामा जीवन्त बनाउन पोख्त सान्युलाई “चीनिया मेटिस” पनि भनिन्थ्यो । उनको जन्म अक्टोबर १४ को दिन सन्१९०१ मा  चीनको नानचोङमा भएको थियो। उनलाई सानै देखि क्यालियोग्राफी र पेन्टिङ सिकाइएको थियो । 

उनी १९२१ मा अध्यनको लागि पेरिस गएका थिए। उनले ई-कोल नेसनल सुपर देस बक्स-आर्ट्स र एकेडेमी दि ला ग्रयाण्ड चौमिरीबाट चित्रकला पढेका हुन् ।

पेरिसमा हुँदा उनले पवोलो पिकासो र हेनरी मेटिसको बारेमा जान्ने अवसर पाए। सन् १९४८ मा सान्यु न्यु वोर्क गए जहाँ उनले आफ्नो मित्र फोटोग्राफर रबर्ट फ्र्याङ्कलाई भेटे। फ्र्याङ्कले पछि येल विश्व विध्यालयमा उनको सम्मानको लागि छात्रवृत्तिको स्थापना गरेका छन् । अहिले उनको पेन्टिङको संग्रह ताइवानको संग्रहालयमा राखिएको छ ।

सान्युको मृत्यु १९६६ अगस्ट १२ मा फ्रान्समा रहेको आफ्नै स्टूडियोमा भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै