• २०८१ बैशाख १२ बुधबार

वित्तीय सम्मेलनको तयारीमा सुदूरपश्चिम प्रदेश

kharibot

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षभित्र गर्ने लगानी सम्मेलनलाई टेवा पुर्याउन यही मङ्सिर २० गते वित्तीय सम्मेलन आयोजनाको तयारी गरेको छ।

वित्तीय पहुँचवृद्धिका लागि सचेतनामार्फत् प्रदेशमा आर्थिक क्रियाकलाप बढाइ आर्थिक विकास गर्ने लक्ष्यले पहिलो पटक वित्तीय सम्मेलन गर्न लागिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव दिनेश पाण्डेले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशमा लगानीयोग्य वातावरण निर्माण गर्दै लगानीकर्तालाई आकर्षित गराउन लागनी सम्मेलन गर्ने प्रदेश सरकारको नीति छ। 

वित्तीय सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, राजनीतिक दलका  नेता, उद्योगी व्यवसायी, स्थानीय तहका प्रमुख तथा अन्य सरोकारवालाको सहभागिता रहने जनाइएको छ। 

यो प्रदेशका ८८ मध्ये ८४ वटा पालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ। पहाडी क्षेत्रको बझाङ र बाजुराका चार पालिकामा सो बैंकको पहुँच पुग्न अझै बाँकी छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै