भाषाविद् रेग्मीको २८औँ कृति विमोचन

खरीबोट

भद्रपुर । झर्रोवादी नेपाली साहित्यका अभियानकर्मी तथा भाषाविद् साहित्यकार चूडामणि रेग्मीको २८औँ कृति ‘सखारै सखारै’ निबन्ध सङ्ग्रह शनिबार यहाँ विमोचन गरिएको छ।

झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा साहित्यकार कोमलप्रसाद पोखरेल, सरोज ओली, यज्ञराज प्रसाईँ लगायतले कृतिको संयुक्त विमोचन गरेका हुन्।

विसं २०१२ देखि निरन्तर साहित्यिक यात्रामा लागेका रेग्मी हाल ८३ वर्ष पुगेका छन्। नयाँ स्रस्टा उत्पादन गर्ने र तिनीहरूलाई गोडमेल गरेर हुर्काउने रेग्मीले कविता र काव्य दुई, कथा सङ्ग्रह तीन, निवन्ध सङ्ग्रह आठ, हास्यव्यङ्ग्य दुई, समालोचना छ, चार भाषा व्याकरणलगायत आधा दर्जन कृति प्रकाशन गरिसकेका छन्।

रेग्मीलाई झर्रोवादी नेपाली भाषाको अभियन्ताका रूपमा समेत चिनिन्छ। बयोवृद्ध अवस्थामा साहित्य साधनामा निरन्तर लागिरहेका रेग्मीले आफूले देखेभोगेका कुरालाई समेटेर सखारै सखारै निवन्ध सङ्ग्रह निकालेको डा.ठाकुरप्रसाद पोखरेलले बताए।

कार्यक्रममा साहित्यकार कोमलप्रसाद रेग्मी, केशव आचार्य, पत्रकार चन्द्र भण्डारीले रेग्मी साहित्यकारलाई हौसाउने र साहित्यमा निरन्तर लाग्न प्रेरणा भर्ने झर्रोवादी नेपाली अभियानका सफल र सक्रिय अभियन्ताको रूपमा दर्ज भएको बताए।

भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले प्रकाशन गरेको कृतिको विमोचनमा झापा, इलाम र मोरङका साहित्यकारको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

भाषाविद् रेग्मीको २८औँ कृति विमोचन

भद्रपुर । झर्रोवादी नेपाली साहित्यका अभियानकर्मी तथा भाषाविद् साहित्यकार चूडामणि रेग्मीको २८औँ कृति ‘सखारै सखारै’ निबन्ध सङ्ग्रह शनिबार यहाँ विमोचन गरिएको छ। झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा साहित्यकार कोमलप्रसाद पोखरेल, सरोज ओली,

उपप्रधानमन्त्री यादवद्वरा लिखित "नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र " पुस्तक विमोचन

काठमाडौँ समाजवादी पार्टी नेपालको केन्द्रिय अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री,स्वास्थ तथा जनसंख्यामन्त्री उपेन्द्र यादवद्वरा लिखित "नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र " पुस्तकको विमोचन गरिएको छ । विमोचन कर्यक्रममा बोल्नु हुँदै समाजवादी पार्टीको

नयाँघरेको ‘तनक्खा’ विमोचन

काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘तनक्खा’ को विमोचन सम्पन्न भएको छ । नेपाल म्यानमार मैत्री परिषदको आयोजनामा एक कार्यक्रमका विच विमोचन गरिएको हो । कृतिको अन्तराष्ट्रिय साहित्यक समाजका अध्यक्ष

ताम्राकारको ‘अनाम परिधि’ विमोचित

विराटनगर । कथाकार रीता ताम्राकारको चौथो कथाकृति ‘अनाम परिधि’ आज इटहरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा कवयित्री कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, कवि


z