• २०८१ बैशाख ८ शनिबार

४० किसिमका फल फल्ने अनौठो रुख (भिडियोसहित)

kharibot

काठमाडौँ । सामान्यता यस्तो मानिन्छ कि एक रुखमा एक मात्र फल फल्ने गर्दछ । तर वैज्ञानिकहरुले यो मान्यतालाई गलत साबित गरेका छन् । अहिले अमेरिकामा एक रुखमा विभिन्न ४० किसिमका फल फल्ने रुखको विकास गरिएको छ ।

अमेरिकाका एक विजुयल आर्ट्सका प्रोफेसरले यस्तो अद्भुत रुख तयार गरेका छन् जसले ४० किसिमक फल फल्ने गर्दछन् । यो अनौठो रुखको नाम 'ट्री अफ ४०' राखिएको छ । यस रुखमा पल्म, पिचेज, एप्रिकोट र विभिन्न चेरिज फल फल्ने बताइएको छ ।

यो रुखको मुल्य करिब ४० लाख पर्ने बताइएको छ । प्रोफेसर सेम वान एकेनले यस रुखको आविष्कार गरेका थिए । यस रुखको विकास गर्न उनले विज्ञानको सहारा लिएका थिए । यो काम शुरुमा २००८ मा शुरुवात गरिएको थियो ।

न्युयोर्क राज्यको कृषि प्रयोगका लागि एक बगैचामा बयर र एप्रिकोटका २ सय रुख रहेका थिए । सो बगैचा रकमको अभावमा बन्द हुने अवस्थामा पुगेको थियो । यस बगैचामा विभिन्न दुलर्भ प्रजातिका विरुवासमेत रहेका थिए । यस अवस्थामा प्रोफेसर वानले यो बगैचालाई लिजमा लिएर र ट्री अफ ४० को आविष्कार गरेका थिए ।

भिडियो:

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै