• २०८१ बैशाख १२ बुधबार

व्यापार घाटामा संकचुन : तीन महिनामा तीन खर्ब व्यापार घाटा

kharibot

काठमाडौं । बित्तीय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत सरकारले निर्यातलाई प्रोत्साहन र आयातलाई कडिकडाउ गरेपछि व्यापार घाटामा संकनुचन आएको छ । नेपाल राष्ट्र बैंकको बिहिबार सार्वजनिक देशको आर्थिक अवस्था सम्बन्धित तीन महिनाको तथ्यांक अनुसार मुलुकको व्यापार घाटामा १२ प्रतिसतले संकचुन आई तीन खर्ब सात अर्ब ७८ करोड रुपैयाँमा सिमित रहेको छ । 

राष्ट्र बैंकका अनुसार बस्तु निर्यात भने १४ दसमलव चार प्रतिशतले बढेर २७ अर्ब १७ करोड पुगेको छ भने बस्तु आयात १० दसमलव तीन प्रतिसतले घटेर तीन खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उत्पादन र उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएपछि निर्यात बढेसंगै व्यापार घाटामा संकुचन भएको हो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ३५ दसमलव आठ प्रतिशतले बढ्दा चीन तर्फको निर्यातमा १९ दसमलव नौ प्रतिशत र अन्य मुलुकतर्फको निर्यातमा ११ दसमलव सात प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तयारी पोशाक, ऊनी गलैचा, तार लगायतका वस्तुहरुको निर्यात घटेको छ । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दसमलव दुई प्रतिशत र १९ दसमलव एम प्रतिशतले घटेपनि चीनबाट भएको आयात ११ दसमलव छ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानल लगायतका वस्तुको आयात बढ्दा हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन,यातायातका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुहरुको आयात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट गरिएको घटेको छ । 

आयाततर्फ पनि सुख्खा बन्दरगाह भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै