• २०८१ बैशाख ७ शुक्रबार

के हो जूस ज्याकिङ ?  सित्तैमा पाएको चार्जरबाट डाटा चोरी होला है !

kharibot

प्रतिनिधि तस्बीर ।

प्रायजसो मान्छेहरु यात्राको बेलामा एयरपोर्ट वा  होटलबाट आफ्नो मोबाइल, ट्याबलेट र ल्यापटपको ब्याटरी कम देख्ने बित्तिकै आगाडी भएको चार्जिङ केबल वा यूएसबी पोर्टमा डिभाइस चार्ज गर्न थाल्छन् । तर कहिले पनि यो सोच्दैनन् कि डिभाइसको ब्याटरी चार्ज गर्दा ह्याकर्सले आफ्नो बैंक खाता खाली गर्न सक्छन् वा आफ्नो निजी सन्देश, ईमेल, मोबाइल पासवर्ड वा अन्य जानकारीहरु उडाउन सक्छन् । 

त्यसो गर्दा फोन, ल्यापटप सधैंको लागि लक पनि हुन सक्छ । विश्वका ठुला ह्याकरहरु सार्वजनिक केबल वा यूएसबी पोर्टबाट 'मालवेयर' पठाएर मानिसको गोपनीय डाटा चोरी गरिरहेको पाइएको छ । यसलाई 'जूस ज्याकिङ'  भनिन्छ । 

साइबर विक्षेषज्ञको अनुसार जब मान्छेहरु सार्वजनिक यूएसबी पोर्ट वा केबलमा फोन, ट्याबलेट, ल्यापटप चार्ज गर्छन् तब मालवेयरबाट उनीहरुको डिभाइसको जानकारी ह्याकरलाई दिन्छन् । यसबाट ह्याकरले सजिलै डाटा पढ्न सक्छन् र डाटा एक्सपोर्ट गर्ने तथा डिभाइस खोल्न नमिल्ने गरि लक पनि गर्न सक्छन् । ह्याकरले एटिएम डेबिट कार्डको जानकारी चोरेको जस्तै यूएसबी चार्जिङ् पोर्टमा हार्डवेयर लगाएर डाटा चोरी गर्न सक्छन् । 

अमेरिकाले धेरै देशहरुमा सरकारले यस सम्बन्धि प्रशासन मान्छेहरुलाई सावधान गर्दै आइरहेको छ । क्रिसमस र नयाँ वर्षमा मान्छेहरुलाई यो समस्याबाट बच्न लस एन्जलसको उप जिल्ला अटर्नीले भिडियोमार्फत जूस ज्याकिङ्को  बारेमा होशियार हुन जानकारी दिएका छन् ।

साइबर सुरक्षा विशेषज्ञ भन्छन् फोन, ल्यापटप जस्तो ग्याजेट्सको ब्याटरी पुरा चार्ज गर्ने लोभमा उनीहरुको असुरक्षित चार्जिङ माध्यम तिर ध्यान जान्छ र ह्याकर तिनलाई निशाना बनाउछन् । 

जूस ज्याकिङबाट कसरी बच्ने ?

•    बस, हवाई जहाजमा वा स्टेशन-होटलमा पहिले देखि उपलब्ध चार्जिङ केबलको प्रयोग नगर्ने ।
•    प्रमोशनल उपहारमा पाएको चार्जिङ केबल या पोर्ट प्रयोग नगर्ने ।
•    आफ्नो  चार्जर र केबल मात्र प्रयोग गर्ने, सिधै पावर सर्किटमा मात्र चार्जर जडान गर्ने र पोर्टेबल ब्याट्री राम्रो पसल वा सम्बन्धित शोरूमबाट मात्र खरिद गर्ने । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै