• २०८१ बैशाख १४ शुक्रबार

मोटोरोलाको फोल्ड गर्न मिल्ने स्मार्टफोन लन्च

kharibot

लेनोभोको स्वामित्व भएको मोटोरोला कम्पनीले मोटोरोला रेजर २०१९  फोन लन्च गरेको छ । मोटोरोलाले फ्रन्टमा एउटा सेकेन्डरी स्क्रीन पनि जडान गरेको छ, कम्पनीले  यसलाई  क्विक भ्यु एक्सटर्नल डिस्प्लेको नाम दिएको छ । उक्त डिस्प्लेको सहायताले नोटिफिकेशन, म्यूज़िक आदि सजिलै एक्सेस गर्न मिल्नेछ । कम्पनिको अनुसार नयाँ मोटोरोला रेजर २०१९ फोल्डेबल फोन फ्लेक्सिबल स्क्रीनको कारण, सजिलोसँग फोल्ड हुन्छ । 

मोटोरोलाको अनुसार, अमेरिकामा मोटोरोला रेजर (२०१९) को बिक्री ९ जनवरी २०२० बाट  से शुरू हुन्छ । कम्पनीले आफ्नो वेबसाइटमा मोटोरोला रेजरको फोन रजिस्ट्रेसन पेज बनाएको छ, अपडेट्सको लागि साइन-अप गर्न पनि मिल्ने छ। 

मोटोरेला रेजरको मूल्य अमेरिकामा १५ सय डलर (लगभग एक लाख ७० हजार रुपैया ) छ । सामसुङ ग्यालेक्सी फोल्डको मूल्य करिब दुई हजार डलर रहेको छ । 

मोटोरोला रेजर (२०१९ ) हेर्दा ओरिजिनल मोटोरोला रेजर जस्तै देखिन्छ । कम्पनीले यसको डिजाइनको वाटर रेपलेन्ट बनाएको छ । फोनको प्राइमरी डिस्प्लेमा ६.२ इन्चको फ्लेक्सिबल ओलेड एचडी+ (८७६x२१४२  पिक्सेल) स्क्रीन छ । यसको आस्पेक्ट रेशियो २१:९ छ ।
मोटोरोलाको अनुसार फोन फोल्ड हुँदा स्क्रीनको दुबै हिस्साको बीचमा  कुनै ग्याप हुदैन  । फोल्ड गर्दा  यूजरलाई २.७  इन्चको सेकेन्डरी (६००x८००  पिक्सेल) क्विक भ्यु डिस्प्ले मिल्नेछ । फोल्डएबल स्क्रीन सेल्फी लिन, नोटिफिकेशन हेर्न, कन्ट्रोल म्यूजिक प्लेब्याक आदि को लागि प्रयोग गर्न मिल्छ

मोटोरोलाले  फोनमा  अपर्चर एफ/ १.७  वाला सिङ्गल १६  मेगापिक्सेलको प्राइमेरी सेन्सर राखेको छ  फोल्ड हुदा सेल्फी क्यामेराको पनि  काम गर्छ र अनफोल्ड हुँदा प्राइमरी क्यामेराको काम गर्छ। यस बाहेक कम्पनीले क्यामेरा  सफ्टवेयरमा नाइट भिजन मोड राखेको छ ताकि फोन कम लाइटमा पनि  तस्वीर क्याप्चर गर्न मिल्छ । लो-लाइट तस्वीर प्रष्ट बनाउनको लागि  एआई एल्गोरिदम को प्रयोग गरिएको छ ।

मोटोरोला रेजरको मुख्य डिस्प्लेमा पाँच मेगापिक्सलको क्यामरा पनि छ । मोटोरेला रेजरमा   स्टक एन्ड्रोई-९  पाई सफ्टवेयर छ ।

फोनको तल्लो भागमा  फिङ्गरप्रिन्ट सेन्सर र  यूएसबी टाइप-सी पोर्ट छ । फोनमा  अक्टा-कोर क्वालकम स्न्यापड्रयागन ७१०  प्रोसेसरको साथमा छ  जीबी रेम छ । फोनमा २५१०  एमएएचको ब्याट्री छ र ब्याट्री १५  वाट फास्ट चार्जिंङ्ग सपोर्ट रहेको छ । कम क्षमता भएको ब्याट्री भएको  कारण यो सिङ्गल चार्जमा पूरा चल्छ वा चल्दैन भन्ने शङ्का रहेको छ ।

कनेक्टिभिटी हेर्ने हो भने  फोनमा  सिम-कार्ड स्लट छैन तर ई-सिम कार्ड सपोर्ट गर्छ। यस बाहेक  मोटोरोला रेजमा  एनएफसी सपोर्ट, ब्लूटूथ भर्जन ५.०, वाई-फाई ८०२.११एसी, ४- जी एलटीई र जीपीएस रहेको छ । मोटोरोला रेजरको लम्बाई-चौडाई बिना फोल्ड, ७२x१७२x६.९  मिलीमीटर रहेको छ भने फोल्ड पछि ७२ x९४ x१४  मिलीमीटर छ। मोटोरोला रेजर २०१९ को तौल २०५  ग्राम रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै