अबको बिद्यालयले पढाउने कि गराउँने ?

खरीबोट

लेखक : प्रकाश पाण्डे

नेपाली शब्दकोश अनुसार बिद्यालय शब्दको अर्थ यस्तो छ---
विद्यालय: [सं०] पढ्ने र पढाउने ठाउँ; पाठशाला; स्कुल।
पढ्नु शब्दको अर्थ चाहिँ यस्तो छ--
पढ्नु: : [सं० पठनु] १. पुस्तक वा लेखमा लेखिएका कुराको ज्ञान हुने गरी पाठ गर्नु; पाठ घोक्नु; विद्याभ्यास गर्नु; अध्ययन गर्नु। २. बाच्नु; पाठ गर्नु। ३. सिक्नु; जान्नु।
यो त भयो शब्दकोशिय अर्थ । अब अरु बिस्तृत अर्थ हेरौँ:

स्कुल त्यो ठाउँ हो जहाँ शिक्षा दिइन्छ जुन जीवनको मुख्य चावी हो,बिद्यालयले दिन्छ । बिद्यालयको आधारभूत उद्देश्य भनेको शिक्षण गर्नु होइन सिकाउनु हो । किनकी तपाईले स्कुलमा कसरी सिक्ने भनेर सिक्नुहुन्छ । तथापि हेनरी फोर्ड भन्नुहुन्छ -- "तिमी अर्को बर्ष के हुदैछ भनेर स्कुलमा सिक्न सक्दैनौं ।"

बिद्यालय निरन्तर जाने कुरामा कारोल बर्नेट यसो भन्नुहुन्छ--" जब सम्म हामी ग्राजुयट् हुदैनौँ बिद्यालय जान छोड्नुहुदैन् ।" त्यस्ता स्कुलहरुलाई इभल्यन वाल्घले नेतृत्व स्कुल,पहिलो क्रमको स्कुल,असल स्कुल र स्कुल भनेर वर्गीकरण गर्नुभएको छ । हाम्रो स्कुल कुन प्रकारका हुन् तपाई आफै छुट्याउन सक्नुहुन्छ ।

"स्कुलले हामीलाई साक्षर त बनाउँछ तर आनन्दको लागि शिक्षण गर्दैन्" भन्दै अम्बेथ आर ओकाम्पोले भन्नुभएको छ । हुनपनि बालकको खुसी स्कुलले खोसिरहेका छ्न् अब त तीन बर्षमै भर्ना गरिदिएर अभिभावकत्व नै खोसिएको छ । जसरी डाक्टरलाई मृत्युको बारेमा पढाइदैन् त्यसरी नै बिद्यालयमा जीवनको पढाइनै हुदैन् । टोम बोडेट भन्नुहुन्छ-- "बिद्यालयमा तिमीलाई पाठ पढाइन्छ त्यसपछि परीक्षा लिइन्छ । जीवनमा तिम्रो परीक्षा लिइन्छ त्यसैले तिमीलाई पाठ पढाउछँ ।" हो,बिद्यालयले जीवन पढाउन नसक्नु सबैभन्दा ठूलो कमजोरी हो ।

अनुभव सबैभन्दा उत्कृष्ट बिद्यालय हो । "अनुभवले असल बिद्यालय बनाउँछ तर मुर्खले अरुबाट केहिपनि सिक्दैन।" भनेर बेन्जामिन फ्रान्क्लिनले त्यसै भन्नुभएको होइन्। बिद्यालयले ज्ञान हासिल गर्ने संस्कारलाई कायम गर्छ। भिक्टर हयूगोले भन्नुभएको सत्य हो-- "जसले बिद्यालय खोल्छ,उसले जेलको ढोका बन्द गर्न मद्द्त गरिरहेको हुन्छ ।" शिक्षा दिने सवालमा  आइन्स्टाइनले स्कुलको शिक्षाको स्मृति  कमजोर मान्न्नुभएको छ --" बिद्यालयमा सिकेको बिर्सेपछी जे बाँकी रहन्छ त्यो शिक्षा हो।"

अलि बोर्डले भने बिद्यालयलाई भन्दा प्रमुखलाई मान्नुभएको छ--"तिमी महान शिक्षक पाउन सक्छौँ तर तिमीले असल प्रमुख पाएनौँ भने तिमीले असल बिद्यालय पाउँदैनौँ ।"

मेरो बिचारमा विद्यार्थीको सिर्जनात्मक क्षमता र उत्सुकतालाई कतिपनि महत्व नदिने बालकको लागि क्रुर ठाउँ स्कुल भएको छ । फेरि त्यहीँ नांगै बालकलाई सुखै छैन् ।

स्कुल खास गरी दुई खालको हुन्छ्न्; गर्ने स्कुल र पढाउने स्कुल । डान्स स्कुल, कम्प्युटर स्कुल, कुकिङ स्कुल, ड्राइभिङ स्कुल, कराटे स्कुल आदि गर्ने स्कुल हुन् भने तोकिएको पाठ्यक्रम, पाठ्यपुस्तक र सामाग्रीबाट ज्ञान, धारणा र सीप सिकाउने स्कुल पढाउने स्कुल हुन् । हामीकहाँ दोस्रो स्कुलहरु प्रचलित छ्न् । बास्तबमा गर्ने स्कुल र पढाउने स्कुल पाठ्यक्रम, शिक्षण, सामाग्री, दर्शन, सिद्धान्त र बिधिले फरक हुने होइन बरु स्वतन्त्रता, सक्रियता, रोमाञ्च र आनन्द आदिले चाहिँ पक्कै फरक पार्छ । म पनि एक शिक्षक भएको नाताले हरेक बिद्यालयका विद्यार्थीसँग सोध्ने गर्छु-- तिमीहरुलाई स्कुलमा आनन्द आउँछ ? प्रायः सबैको एउटै जवाफ हुन्छ- आउँदैन । किन ? भन्ने प्रश्नको उत्तरमा उनिहरु भन्छ्न्-- "त्यहाँ आफूलाई मन लागेको गर्न पाइदैन ।" हो, अबका स्कुलले बालबालिकाहरुलाई तिमीहरुलाई जे मन लाग्छ त्यही गर भन्न सक्नु पर्छ । र बाताबरण निर्माण गरिदिनुपर्छ । तर हामीकहाँ त्यस्तो छैन् । त्यस्तो त कल्पना समेत गर्न सकिँदैन ।

म कहिलेकाही विद्यार्थीहरुलाई ल आज तिमीहरूलाई जे-जे गर्न मन लाग्छ गर भन्छु । कोहि बाहिर जान्छ्न्, कोही चित्र बनाउछ्न्, कोही गाउँछ्न्, कोहि नाँच्छ्न् कोही पढ्छ्न्, कोहि खुलेर एक अर्कोसँग कुरा गर्छ्न्, कोही त्यतिकै बसिरहन्छ्न् । यानिकी उनिहरु चाहेको गर्छ्न । सबैजसोको अनुहार हँसिलो भएको पाउछुँ । म उनीहरुको मुस्कान हेरिरहन्छु । बिद्यालयले उनिहरुको खुशी र हाँसो खोसेको र बोझ थपिदिएको महशुस गर्छु । ठिक त्यही समय पल्लो कक्षाको शिक्षकले पढाउदै विद्यार्थीहरुलाई गाली गरेको र मलाई हाँस्यास्पद तरिकाले हेरेको हो कि जस्तो लाग्छ । 

मलाई गाउँ घरमा बुढापाकाले भन्ने गरेको उखान `पढेर भन्दा परेर जानिन्छ´ भन्ने बडो गहकिलो र यथार्थ लाग्छ । अब भन्नुहोस पढेर सिक्ने बिद्यालयमा कति सिकिन्छ जवकी बालकले पनि परेर सिक्न पाउनुपर्ने हो तर के वालकले बिद्यालयमा अनुभव हासिल गरेर सिक्न पाउँछ र ? यदि अनुभव गरेर सिक्न पाउँछ भने त्यो महान स्कुल हो । गर्ने स्कुल हो । अन्यथा निकम्मा । हामीकहाँ अधिकांस शिक्षकले र बिज्ञले आफ्ना अनुभवहरु पाठ्यक्रम र शिक्षण मार्फत विद्यार्थीलाई लाद्ने काम हुन्छ । अब भन्नुहोस हाम्रा बिद्यालय कस्ता हुन ?

बिज्ञहरुका अनुसार पढदा बढ्ता सावधानी अपनाउनु पर्ने हुन्छ । नियम र बिधिको ज्यादा पालना गर्नुपर्ने हुदा बालक बिग्रने र भत्किने डरले गर्दा उसको सिकाई अस्थिर बन्न पुग्छ । असफलताको भय ज्यादा हुन्छ । बेचैन हुन्छ । तर गर्दा डर पैदा हुदैन भएको डर पनि हट्दै जान्छ । किनकी गर्ने भन्ने गुण हाम्रो जन्मजात हो र गल्ती र कोशिश हाम्रो सिकाइको तरिका । तर पढ्ने हाम्रो पछि बिकास भएको आर्जित गुण हो किनकि हाम्रो पढ्ने कुरा पहिले तय भएको हुदैन् । प्रारम्भिक बर्षमा बालकले केही पढेको हुदैन तथापी स्वयं गरेर र परेर धेरै सिकिसकेको हुन्छ। बास्तवमा ज्ञान र अनुभवहरु कसैबाट बालकलाई हालिदिएर हुदैन् त्यो त स्वयं बालक आफूभित्रबाटै प्रस्फुटन भएर आउनुपर्छ । बिद्यालयले आधारभूत कुराहरुमै गल्ती गर्नाले बालकहरुलाई बेलैमा स्कुल बोझ र जेल जस्तो बन्छ । त्यसैले आन्तरिक रुपवाट बालकले बिद्यालयलाई अस्विकार गरिदिन्छ । तर गर्ने बिद्यालय भए बालकले स्वीकार गर्थ्यो ।

मलाई पनि यो पढाउने बिद्यालयले सावधानी, आज्ञाकारिता पालन गर्ने, अरुको कुरा सुन्ने र त्यही अनुसार भन्ने बनाएछ तर आफै गर्न भने डर हालिदिएछ्न् । परिणाममा म भन्न सक्ने गर्न नसक्ने भएछु । वास्तविक जीवन गरेर मात्र चल्दो रहेछ । त्यसैले यस्तो लाग्छ अबदेखि भत्काएर पढाउने बिद्यालयको सारा सिमा र संरचना मुक्त ढंगले  गराउने बिद्यालय बनाउन ज्यादै वान्छ्निय हुन आउँछ भन्ने लाग्छ ।

जोन हल्टले आफ्नो पुस्तक अन्डरएचिभिङ स्कुलमा भनेजस्तै डेनमार्कको नाइ लिलस्कोल जस्तो राम्रो बिद्यालयको आवश्यकता छ । त्यहाँ बालबालिका आफूले चाहेको गर्न सक्छ्न् । मनपरेको काम गर्छ्न् कसैले निर्देशन गएदैनन्। पढ्न र गर्न कुनै दवाव दिइदैन् । पुरस्कार र प्रेरणा दिएर आफूले चाहेजस्तो गर्न लगाउदैनन् । त्यो पढाउने स्कुल होइन गर्न स्कुल हो । त्यस्तै ए एस नीलको बेलायतको समरहिल स्कुल एउटा राम्रो स्कुल मानिन्छ । त्यस्तै तोतो चानलाई बनाउने जापानको तोमोए स्कुल साच्चिकै राम्रा थिए । हामीलाई पनि अब त्यस्तै स्कुलको खाँचो छ ।

मलाई पछिल्लो समय हाम्रा बिद्यालयहरुले अहिलेको तरिकाले पढाउने र सिकाउने काम पूर्ण रुपले बन्द गर्नुपर्छ भन्ने लाग्छ । त्यसो भन्दा तपाईले आश्चर्य मान्नुपर्दैन् किनकी तिनिहरुले हामीलाई र हाम्रा बालबालिकाहरुलाई आजसम्म पनि स्वतन्त्र, मुक्त, आत्मबिश्वास यूक्त, आत्मनिर्भर र सिर्जनशील बनाउन सकेनन् बरु उल्टै आज्ञाकारी, कुरौटे, डरपोक, कायर, पर्निभर र असक्षम बनाए ।

बालकको रुचि के छ ? आवश्यकता के छ ? के चाहन्छ ? के गर्दा बालक खुसी हुन्छ भन्ने बुझ्दै नबुझी केही जान्दैन, अज्ञानी छ, मूर्ख छ, निरीह र बबुरो छ भनी स्कुलले अनावश्यक तोकिएको ज्ञान थुपार्ने काम गरे ।

नियम, ड्रेस, केश, अनुशासन, भौतिक पूर्वाधार, शिक्षण विधि, प्रविधिले सिकाउने कोशिश गरियो जवकी यी र यस्ता कुराहरू गरेर सिक्ने कुरासँग सम्बन्धित नै छैनन् । उसले बिद्यालयमा गर्नु नहुने भन्ने यति धेरै कुरा छ कि ती कुराहरुबाट बच्दाँ बच्दै गर्नुपर्ने कुराहरू छोपिएका छ्न् ।

विश्वमा सबैभन्दा प्रख्यात र उच्चस्तरीय शिक्षा प्रणालीको कुरा गर्दा फिनल्यान्डको नाम एक नम्बरमा लिइन्छ । मलाई फिनल्यान्डका बिद्यालय र त्यहाँको प्रणाली ज्यादै राम्रो लाग्छ । फिनल्यान्डमा शिक्षकलाई उच्च सम्मान र शिक्षणलाई सबैभन्दा मर्यादित पेशा मानिन्छ ।

मेधावी ब्यक्तिहरु शिक्षण पेशामा आउँछ्न् । त्यहाँ सात बर्षको भएपछि मात्र बालकलाई बिद्यालयमा भर्ना गरिन्छ । दैनिक ६ पिरियडमा हरेक पिरियडको समाप्तिमा १५ मिनेट ग्याप राखिन्छ भने बालक १६ बर्षको भएपछी एकपटक मात्र परीक्षा लिइन्छ । शिक्षक विद्यार्थी अनुपात १:२० रहेको छ । शिक्षा लिनबाट कोहि नछुटुन भन्ने नाराको पूर्ण कार्यान्वयन भएको छ । अन्तर्राष्ट्रिय बजारमा फिनल्यान्डको शैक्षिक जनशक्ति उच्च स्तरको रहेको छ ।

हामीकहाँ कहिले फिनल्यान्डको जस्तो बिद्यालय र शिक्षा प्रणाली हुने होला ? के मेरै पालामा म त्यस्तो बिद्यालयको शिक्षक हुन पाउँछु ? यदि म हुन पाइनछु भने पनि मेरा छोरा त्यस्तो बिद्यालयमा काम गर्ने शिक्षक हुन पाओस र नातीले पढ्न पाओस । ठिकै छ फिनल्यान्डको जस्तो नभएपनी नेपालकै गर्ने बिद्यालय बनोस् । अस्तु। 

सम्बन्धित समाचार

कान्छी प्रधानमन्त्री बन्न लागेकी मरिन : ३४ बर्षमै फिनल्याण्डको नेतृत्व गर्दै 

हेल्सीङ्की । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएका अन्ति रिन्नेको पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय

चित्रकलाबाट संरक्षणको अभियानमा लागेका भीम

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोट नगरपालिकाको विजय चोकबाट २०० मिटर दक्षिणमा एउटा सानो घर छ । घरभित्र क्यान्भासमा कोरिएका चित्रका साथै काठ तथा ढुङ्गामा कुँदिएका चित्रहरु देखापर्छ । उमेरले बुढ्यौली

मन्त्री नेम्वाङद्वारा सी चिनफिङ विचारधारामा बहस

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजका अध्यक्ष वसन्तकुमार नेम्वाङले सी चिनफिङ विचारधाराले धार्मिक, आर्थिक, सांस्कृतिक, सामाजिक, शैक्षिक तथा गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। नेपाल–चीन हिमालय मैत्री

जोकर म भएँ की जकिन फोनिक्स ?

काठमाडौँ । साथिले आफू एक्लै गएर जोकर फिल्म हेरेको, फिल्म राम्रो लागेको कुरा ट्विट गरिकन दोहोर्याएर हेरेको पनि ट्विट गर्न भ्याइसकेको थियो ! आफुले भने एकचोटी हेर्ने साइत पनि जुराउन


z