• २०८१ बैशाख ७ शुक्रबार

भारतीय नक्साप्रति एनआरएनए क्यानाडाको आपत्ति, सच्याएर प्रकाशन गर्न माग 

kharibot

काठमाडौँ । भारतले जारी गरेको नयाँ नक्साप्रति गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले विरोध गरेको छ ।

एनआरएनएको क्यानडा समितिले एक विज्ञप्ति जारी गर्दै एकलौटी ढंगले देशको सीमा परिवर्तन गरी राजनैतिक नक्सा प्रकाशन गर्नु निन्दनीय भएको उल्लेख गरेको छ ।

कालापानी, लिम्पियाधुरा, लिपुलेकजस्ता थुप्रै नेपाली भूमी भारतीय नक्शामा राखेर नेपालको सार्बभौम सत्ता र भौगोलिक सिमानाको अतिक्रमण गरेको प्रष्ट भएको बताउदै संघले तत्काल गल्ती सच्याएर माफी माग्दै नेपालको भौगोलिक सीमासहितको नक्सा प्रकाशन गर्न माग गरेको छ ।

प्रेस विज्ञप्ति !

आदरणीय क्यानडावासी नेपाली जनसमुदाय,

भारतले केहि समय अघि मात्र प्रकाशन गरेको राजनैतिक नक्साको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। दुई राष्ट्रको सीमा क्षेत्रको समस्या समाधान गर्न कै लागिपटक-पटक उच्चस्तरीय बैठक सम्पन्न भई कार्यदल गठन भैसकेको परिपेक्ष्यमा हठात एकलौटी ढंगले देशको सीमा परिवर्तन गरी राजनैतिक नक्सा प्रकाशन गर्नु निन्दनीय छ ।

कालापानी, लिम्पियाधुरा, लिपुलेकजस्ता थुप्रै नेपाली भूमी भारतीय नक्शामा राखेर नेपालको सार्बभौम सत्ता र भौगोलिक सिमानाको अतिक्रमण गरेको प्रष्ट हुन्छ। परापुर्व कालमा समेत ठूलो राष्ट्रको अहंकारपूर्ण हैकमबादी हस्तक्षेपले नेपालको धेरै जमीनमाथि गिद्दे दृष्टि लगाइ सकेको छ। पूर्वमा टिष्टा देखि पश्चिममा काँगडासम्म को हाम्रो प्यारो मातृभूमी साम्राज्य वादी र विस्तारवादी कार्यशैली कै कारण कहिले दश गजाको सीमा मिच्ने र कहिले काल्पनिक नक्सा प्रकाशन गरेर अतिक्रमण गर्ने गरेको छ। स्वाधीन राष्ट्र नेपाललाई यो कदापी मन्जुर छैन ।

एस्तो निन्दनीय कार्यको हामी घोर भर्त्सना गर्दछौं। २१औं शताब्दीमा पनि भौगोलिक सिमा मिचेर देशको नक्सै बदलीदिने यो गम्भीर र जर्जर शैली तुरुन्त बन्द गर्नु पर्छ। एदि एक असल छिमेकी मित्र राष्ट्र हो भने एस्ता गतिबिधीहरू पुर्ण रूपमा सदाका निमित्त बन्द गरिनु पर्दछ। तत्काल गल्ती सच्याएर माफी माग्दै नेपालको भौगोलिक सीमा सहितको नक्सा प्रकाशन गर्नु पर्छ।

इतिहास साक्षी छ विश्वमा कसैको गुलाम नबनेको नेपाल वर्तमानमा आफनो इतिहास कायम राख्न कुनै कदम बाँकी राख्ने छैन ।

चिरन्जीवी घिमिरे 
अध्यक्ष 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै