• २०८१ बैशाख ७ शुक्रबार

दोस्रो दिनको खेल सकियो, एमसीसीलाई ३०२ रनको अग्रता 

kharibot

फाइल तस्बीर

काठमाडौँ । नेपाल र मरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच जारी तीनदिवसीय फर्स्ट क्लास क्रिकेटमा दोस्रो दिनको खेल सकिएको छ ।

दोस्रो दिनको खेल सकिदा एमसीसीले नेपालमाथि ३०२ रनको अग्रता लिएको छ ।

एमसीसीले दोस्रो इनिंगमा दोस्रो दिनको खेल सकिदासम्म २ विकेट गुमाएर ९१ रन बनाएपछि पहिलो इनिंगमा २११ रनको अग्रताको अधारमा समग्रमा अहिलेसम्म ३०२ रनको अग्रता हासिल गरेको हो ।

एमसीसीको दोस्रो इनिंगमा टम वेस्टलीले अविजित १७ रन बनाएर खेलिरहेका चाहन भने माइल्स हम्मोड ३ रन बनाएर खेलिरहेका छन् । त्यस्तै विल गोल्डम्यानले ३९ रन बनाए भने वील रोड्स २४ रन बनाएर आउट भएका थिए ।

नेपाली बलर ललित राजबंशी र पवन सराफले एक एक विकेट लिएका थिए ।

यस अघि नेपालले आफ्नो पहिलो इनिंगमा १५३ रन बनाएर अल आउट भएको थियो । फलोअनमा परेको नेपाललाई एमसीसीले फलोअन नदिएर आफुले दोस्रो इनिंग ब्याटिंग गरेको थियो ।

एमसीसीले पहिलो इनिंगमा ३६४ रन बनाएको थियो ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै