• २०८१ बैशाख ८ शनिबार

पहिलो इनिंगमा एमसीसी बलियो, बनायो ३६४ रन

kharibot

काठमाडौं । नेपाल र मरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच जारी तीनदिवसीय फर्स्ट क्लास क्रिकेट खेलमा एमसीसी पहिलो इनिंगमा ३६४ रनमा समेटिएको छ ।

पहिलो दिन ६ विकेट गुमाएर ३११ रन बनाएको एमसीसीले दोस्रो दिन थप ५३ रन बनाउदा बाँकी चार विकेट गुमाएको हो ।

एमसीसीका लागि पहिलो इनिन्ग्मा विली गोल्डम्यानले ७, वील रोड्सले ७३, टम वेस्लीले ३९, माइल्स हममोंडले ५२ रन बनाएर आउट भएका छन् । त्यस्तै विल भण्डरसपारले ५३  र एड योंग १७ रन बनाएर आउट भए । त्यस्तै यशिर अराफातले ६५ रन बनाए भने एलेक्स थम्प्सनले ३० रन बनाएका थिए ।

नेपाली बलर सन्दीप लामिछाने र करण केसीले सर्वाधिक ३-३ विकेट लिए भने सोमपाल कामी र शरद भेस्वाकरले २-२ विकेट लिएका छन् ।

नेपालले अब केहीबेरमा ब्याटिंग गर्दै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै