• २०८१ बैशाख ८ शनिबार

संवेगात्मक साक्षरता र विश्व शान्तिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

kharibot

काठमाडौँ । ‘क्रोधरहित संसार’ संस्था ग्लोबल पिस फाउण्डेसन नेपाल र समृद्धि कलेजको आयोजनामा संवेगात्मक साक्षरता र विश्व शान्तिसम्बन्धी नवौँ अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुँदैछ ।

संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यमा समेत समाविष्ट आन्तरिक शान्तिसहित व्यावसायिक सफलता, शान्तिपूर्ण विश्व समाजको निर्माण र असल जीवनका लागि सङ्गठनात्मक व्यवस्थापन, सकारात्मक मनोविज्ञानलगायत विभिन्न सत्रमा छलफल हुने सम्मेलनमा ३६ वटा अनुसन्धानपत्र प्रस्तुत गरिनेछन् । 

‘क्रोधरहित संसार’ का अध्यक्ष देशमर्दन बस्नेतका अनुसार सम्मेलनमा नेपालका साथै संयुक्त राज्य अमेरिका, भारत, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, फिलिपिन्स, दक्षिण अफ्रिकालगायत मुलुकबाट प्रतिनिधित्व हुनेछ । सोही सम्मेलनमा ‘डिन अफ इन्टरनेसनल पिस प्राइज’ को घोषणा पनि गरिने जनाइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै