• २०८१ बैशाख ७ शुक्रबार

को हुन् ग्रेटा थनबर्ग ?

kharibot

काठमाडौँ । अहिले विश्वभर १६ बर्षिय जलवायु परिवर्तन अधिकारकर्मी ग्रेटा थनबर्गको चर्चा छ । हालै ग्रेटाले संयुक्त राष्ट्रको जलवायु परिवर्तनको शिखर सम्मेलनमा विश्वका नेताहरुलाई जलवायु परिवर्तनको असर बारे सिरियस हुन र ठोस योजना बनाउन कडा र भावुक भाषण विश्वभर चर्चाको विषय बन्यो । उनले आफ्नो भाषणमा विश्वका नेताहरुलाई चेतावनी मात्र दिईनन्, कैयौ युवाहरुलाई जलवायु परिवर्तनको असर बारे जनचेतना फैलाउने अभियानमा सहभागी हुने प्रेरित पनि गरिन् । यस रिपोर्टमा ग्रेटाको बारेमा जानकारी दिने प्रयास गरेका छौ ।       

ग्रेटाको जन्म २००३ को जनवरीमा भएको हो । अभिनेता पिता स्वन्त थनबर्ग र गायिका माता मलिना अर्मनको कोखबाट जन्मिएकी ग्रेटाले ८ बर्षको उमेरबाट जलवायु परिवर्तनको बारेमा बुझ्न शुरु गरेकी थिइन् ।

युवाहरु यसलाई न्यूनीकरण गर्न केहि नगरेको देखेर उनी आश्चर्यचकित भइन् तर उनलाई त्यो असर कसरी कम गर्ने भन्ने जानकारी थिएन । ११ वर्षको हुदा उनि पृथ्वीको अहिलेको अवस्था र केही गर्न नसक्ने देखेर दिक्क लग्यो । उनी आफ्नो कुरा बेबाक तरिकाले आँकडासहित राख्न माहिर मानिनन्छिन् । अहिले जलवायु परिवर्तनको मुद्धामा उनी विश्वकै एक आइकन बनिसकेकी छन् ।

सेप्टेम्बर २० मा विश्वको एक सय ६१ देशको करिब ४० लाख मानिसले जलवायु परिवर्तनको विरोधमा आन्दोलन गरेका थिए र त्यो अहिले सम्मकै संसारकै सबैभन्दा ठुलो वातावरण सम्बन्धि प्रदर्शन थियो । त्यसको सुरुवात ग्रेटाले २०१८ मा "फ्राइडे फर फ्युचर" अभियानबाट भएको थियो । अहिले हरेक शुक्रबार उनि हड्ताल गर्छिन् । उनले कक्षा ९ मा पढ्दा, निभेम्बेर २०१८ मा स्वीडिस संसद अगाडी दुई हप्ताको आन्दोलन गरेकी थिइन् । सरकारले १५ प्रतिशत कार्बन इमिसनमा कटौती गर्नुपर्ने उनको माग थियो ।

 

मे, २०१८ थनबर्गले स्वेन्सका दगलाडेट नामको पत्रिकामा जलवायु-परिवर्तन शिर्षकमा निबन्ध प्रियोगिता जितेकी थिइन् । यहीबाट उनको वातावरण सक्रियताको करियर सुरुवात भएको थियो । त्यसको तीन महिनापछि उनले स्कुलबाट जलवायु परिवर्तन र असरको बारेमा आन्दोलन सुरु गरेको थिइन् र त्यो तिन महिनासम्म चलेको थियो । 

थमबर्ग आफ्नो निडर अभियानकर्ताको श्रय आफ्नो स्पेजर सेन्ड्रोमलाई दिन्छिन् । चार वर्ष अगाडी उनलाई यो रोग देखा परेको थियो । स्पेजर सेन्ड्रोम एकोहोरोपन अवस्था हो, त्यस्तो मानसिक अवस्थाको अन्तिम चरण जसलाई 'अत्यधिक सक्रियपन'  मानिन्छ । अर्थात् व्यक्तिको बौद्धिकस्तर साधारणभन्दा माथि रहने तर समाजीक घुलमिल तथा अर्को व्यक्तिसँग कुराकानी  गर्नमा समस्या हुन्छ । तर उनी आफ्नो बिमारी नै सबैभन्दा ठुलो शक्ति रहेको र यसैको कारणले उनि सक्रिय वातावरण अभियानकर्ता भएको बताउछिन् ।

उनको भाषणको विषयमा, फक्स न्युजमा चलिरहेको एउटा टक शो - "द स्टोरीविथ मार्था म्याक्ल्म" को एक सहभागीले  थनबर्गलाई मानसिक रोगि भनेर आरोप लगाएका थिए र पछि फक्स न्युजले यस प्रकरणमा आफै माफी मागेको छ ।

डिसेम्बर, २०१८ मा पोल्याण्डमा भएको संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनको सम्मेलन क्यटोविसमा पनि उनले बोलेकी थिइन्  । त्यसको तीन महिना पछि मार्च १५, २०१९ मा, एक मिलियन विध्यार्थीसहित शुक्रवारको क्लास छोडेर प्रदर्शन गरेकी थिइन् । त्यसदिन १२३ देशका वालवालिकाले विद्यालय छाडेर वातावरणको नियमहरु कडा हुनुपर्ने र ग्रिनहाउस-ग्यास कम  उत्सर्जन गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका थिए । गएको मार्च महिनामा थनबर्ग नोबल शान्ति पुरस्कारका लागि लागि पनि मनोनयनमा परेकी थिइन् । 

हवाईमार्गबाट यात्रा गर्दा कार्बन उत्सर्जन हुने भएकोले उनले सयुक्त राष्ट्रको जलवायु परिवर्तनको शभामा भाग लिन एउटा जिरो इमिसन डुंगामा पुरै दुईहप्ता लगाएर एटलान्टिक पार गरेर न्युवोर्क पुगेकी थिइन् ।

अहिले ग्रेटा थमबर्ग हजारौ युवाको आवाज हो जसले वातावरण र पारिस्थितिक आपतकालिन अवस्था प्रति विश्वको नेताहरु समक्ष आफ्नो आवाज पुराउन चाहन्छन् ।

ग्रेटा थमबर्गले संयुक राष्ट्रसंघको जलवायु परिवर्तनको शिखर सम्मेलनमा दिएको भाषण :  

असोज ६ गते संयुक्त राष्ट्रको जलवायु परिवर्तनको शिखर सम्मेलनमा विश्वका शिर्ष नेताहरुलाई निकै मार्मिक र प्रभावकारी भाषण दिएकी थिइन् । निकै आक्रामक तर भावुक भाषण गरेकी ग्रेटाले भनिन्-

"यो पुरै तरिकाले गलत हो, म यँहा नहुनु पर्ने हो । म महासागरको अर्को पट्टि कुनै स्कुलमा हुनुपर्ने थियो...तिमीहरुले युवाहरुको नाममा आशा देखाई रह्यौ । कसरी त्यस्तो गर्न सक्छौ ? तिमीहरुले मेरो सपना र बलापना दुवै तिमीहरुका खोक्रा आस्वासन र भाषणले चोर्यौ ।
मानिसहरु प्रभावित भएका छन्, मानिसहरु मरिरहेका छन्, सबै इको सिस्टम कोल्याप्स हुदै छ । हामि ठुलो नरसंहारको नजिक छौ तर तिमीहरु पैसा र आन्तरिक आर्थिक वृद्धिको कथा मात्र सुनाइरहेका छौ । तिमीहरु कसरी यस्तो गर्न सक्छौ ?

३० बर्षका वैज्ञानिक आँकडा हाम्रा अगाडी छन् । तर समस्यासँग लड्नका लागि भएका राजनीतिक कोशिश र समाधान कतै देखिदैनन् । जलवायु परिवर्तनको यस्तो विकराल अवस्थालाई तिमीहरुले यस्तो हिसाबले कसरी समाधान गर्न सक्छौ ? अहिले युवाहरुले विश्वका नेताहरुको नियत बुझ्न थालेका छन् ।

यदि जलवायु परिवर्तनको सामना गर्न र समाधान गर्ने योजना दिन सकेनौ भने युवा पिढीले तिमीहरुलाई माफ गर्ने छैनन् । हामि तिमीहरुलाई यसबाट भाग्न दिदैनौ । अहिले विश्व जागिसकेको छ, तिमीहरुले चाहे पनि नचाहे पनि विश्वमा परिवर्तन हुदै छ ।"

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै