• २०८१ बैशाख ५ बुधबार

युवाहरुको क्रियटिभ फोरम फर लिटरेचरको  ११औ अध्याय सम्पन्न 

kharibot

तस्विर : खरीबोट

काठमाडौं, युवा केन्द्रित संस्था परिवर्तनका आशाले समीक्षा पब्लिकेसनको प्रांगणमा क्रियटिभ फोरम फर लिट्रेचर कार्यक्रमको ११औ अध्याय सफलताका साथ सम्पन्न भएको छ । क्रियटिभ फोरम फर लिटरेचर पाक्षिक कवि कविता र युवाको साहित्यिक भेला हो ।

जहाँ समसामयिक विषय, समस्याको बारेमा कविता, मुक्तक र गजलको मार्फत प्रकाश पारिन्छ ।

कार्यक्रम बरिष्ट कवी हेम प्रभास, प्रज्वल अधिकारी तथा नविन प्वासीको उपस्थितिमा संचालन भएको थियो।प्रज्वल अधिकारीको 'देश निदायो भने?', 'बा,झुठ र प्रेम', 'अनुरोध', 'म किन पुजा गरूँ?' तथा 'ऊ आफन्त हो' जस्ता कविताहरुले कार्यक्रमको सुरुवात गर्नु भयो भने हेम प्रभाषको 'तिमी आयु मेरो सपनिमा', 'म मरेको साँझ', 'पुरानो उपहार र बुढो मान्छे', 'अधुरो सिलसिला' तथा 'मेरा बा किसान हुन्' ले सबैको मन जित्यो ।

नविन प्यासीको 'प्रेम','अनाम प्रेमिकालाई अनुरोध', 'अवसान', 'गल्ति' तथा 'अराजक प्रेम' गरि अथिति कविहरुबाट पन्ध्रवटा कविता वाचन भएको थियो।कवि दिपेन्द्र उपाध्यायले आफ्नो छन्द कविताहरुले छुट्टै साहित्यिक वातावरण बनाएको थियो ।

साथसाथै साहित्य क्षेत्रमा आफ्ना कदम बढाएका नया कविहरु नविन दाहाल, एम एस भुसाल 'अन्तरामुखी', गोकुल जोशी, भगवान भट्ट, ऐशर्या चन्द, आस्था अर्याल, लक्ष्मन कटवाल, सन्तोष बस्नेत कविता सुनाएका थिए। कार्यक्रमको अन्त्यमा परिवर्तनका आशाको अध्यक्ष अजय पान्डेयले आगामी दिनहरुमा अझै प्रभावशाली तरिकाले अघि बढाउने विश्वास दिलाए ।  र अन्त्यमा बरिष्ट कवि तथा नव कविहरु बीच कविताका बारेमा अन्तरक्रिया भएको थियो।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै