• २०८१ बैशाख ६ बिहीबार

इन्डोनेशियाको आकाश किन देखियो रगताम्य ?

kharibot

सबै तस्वीर : एका वुलनडारी

काठमाडौँ । इन्डोनेशियाको जाम्बी प्रान्तको आकाश अचानक रातो भयो । सामाजिक संजालमा रातो आकाश सहित फोटो र भिडियो अहिले भाइरल भैरहेको छ । खामा जाम्बी प्रान्तको जंगलमा लागेको ठुलो आगोका कारण अहिले सो क्षेत्रको आकाश रातो भएको हो ।

इन्डोनेसियाका जंगलमा हरेक बर्ष जसो हुने यस्ता आगलागीले सिंगो पूर्वी एशियालाई नै प्रभावित गर्ने गर्दछ ।

मौसम वैज्ञानिकहरुका अनुसार प्रकाशका किरण टुट्दा आकाशले यस्तो असामान्य रंग बदल्ने बताएका छन् ।

बिबिसीले उल्लेख गरे अनुसारजाम्बी प्रान्तको मेकर गाउँका २१ बर्षिय युवा एका वुलनडारीले फेसबुकमा शनिबार अपराहन्न खुनले लत्पतिएको जस्तो रगताम्य भएको आकाशको तस्वीर पोष्ट गरे ।सो पोएस्त फेसबुकमा ३४ हजार भन्दा बढी पटक सेयर भएको छ ।
शुरुमा यस्तो तस्वीर फेक भएको भनिएको भएपनि पछि भिडियो र तस्वीर हेरेपछि सहि भएको बिबिसीले उल्लेख गरेको छ ।

इन्दिनेशियाका मौसम विज्ञहौर्ले सो क्षेत्रमा कैयौ हट स्पट र एक मोटो धुँवाको लर्को देखिएको बताएका छन् । सिंगापुर विश्व विद्यालयका सामाजिक विज्ञानका प्रोफेसरटीह योंगले आकाशको रंग त्यति बेला बदलिन्छ जब धुँवामा रहेका केहि कणहरुमा प्रकाश पर्छ । उनले धुँवामा हुने धेरै जसो कण १ माइक्रोमिटरका हुन्छन, जसले हामीले देख्ने प्रकाशको रंग बदलिदिन्छन् ।

केहि कण त्यो भन्दापनि साना हुन्छन्, जसले धुवा धेरै हुदा आकाशको रंग बदलिदिने गर्दछन् । इन्डोनेसियाको यो तस्वीर दिउसोमा लिइएको र यति बेला सुर्य ठिक माथि हुने हुनाले पनि आकाशको रंग बढी रातो देखिएको उनको बुझाइ छ ।
      
   
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै