फोटोग्राफरले स्मार्टफोन हटाएपछि देखिएको एक्लोपन...

खरीबोट

(यो फोटो फिचर अमेरिकी अनलाइन पत्रिका क्वार्ट्जबाट भावानुवाद गरिएको हो । यहाँ भएका तस्वीर अमेरिकी फोटोग्राफर एरिक पिकर्सगिलले खिचेर इडिट गरेका हुन् ।) 

अमेरिका । के तपाईले यो फोटो फिचर आफ्नो हाते डिभाइसमा त हेर्दै हुनुहुन्न ? सायद पक्कै पनि तपाईं आफ्नो स्मार्टफोन, ट्याब अथवा अन्य कुनै ग्याजेट हातमा लिएर यो फिचर हेर्दै हुनुहुन्छ ।

अब कल्पना गर्नुहोस्, यदि त्यो डिभाइस अचानक गायब भयो भने तपाईं कस्तो देखिनुहुन्छ होला ?  एक्लो ? केही पागलजस्तै ? अर्कोतिर रहेको सुन्दर दृश्य अनि व्यक्तिलाई बेवास्ता गरेजस्तो ? 

हामीले बोकिरहेका ती ग्याजेटका स्क्रीनले हामीलाई शोषण गरिरहेका छन् । घरपरिवार अनि साथीभाइसँग समूहमा रहँदा समेत हामी तिनलाई बेवास्ता गर्दै आफ्नो ग्याजेटमा झुम्मिरहेका हुन्छौं । यसरी व्यक्तिहरु स्मार्टफोनको शिकार बनिरहेको दृश्य अहिले जताततै देख्न सकिन्छ ।

अमेरिकी फोटोग्राफर एरिक पिकर्सगिलले रिमुभ्ड नामक एक फोटो सिरीजको सुरुवात गरे । उनले यस सिरीजको माध्यमले मानिसहरुको हालको अवस्था कति अनौठो छ भन्ने देखाउन खोजेका छन् ।

उनले आफूले खिचेको हरेक तस्वीरमा व्यक्तिले चलाइरहेको इलेक्ट्रोनिक डिभाइसलाई इडिट गरेर हटाएका छन् । तस्वीरमा देखिएका व्यक्तिहरुले आफ्नो हातमा नियालिरहेको जस्तो देखिन्छ । उनीहरुको हात खाली छ ।

उनीहरुले आफ्नो वरिपरिको सुन्दर परिदृश्य र व्यक्तिगत सम्बन्धलाई पूर्णतया बेवास्ता गरेजस्तो लाग्दछ । यदि हाम्रो हातमा रहिरहेको ग्याजेट अचानक गायब हुँदो हो त त्यसपछि देखिने दृश्य कति अचम्म, डरलाग्दो र दुःखदायक हुन्छ होला । 

 

सम्बन्धित समाचार

लिभरपुल बराबरीमा रोकियो, समुह 'इ' को समीकरण रोचक

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत लिभरपुल नापोलीसँग बराबरीमा रोकिएपछि टप १६ मा पुग्न अन्तिम खेल पर्खिनुपर्ने भएको छ । गएराती सम्पन्न खेलमा समुह इ अन्तर्गतको खेलमा लिभरपुल र नापोली १-१ गोलको बराबरीमा

सान्युको 'पाँच नग्न' पेन्टिङ रेकर्ड तीन सय मिलियनमा बिक्री

हङकङ । हङकङको वान चाइ कन्भेन्सन सेन्टरमा आयोजित २०औं शताब्दीको कन्टेम्पोररी कला साँझमा चीनिया-फ्रान्सेली कलाकार सान्युको १९५५ मा बनेको 'पाँच नग्न', तीन सय तीन मिलियन हङकङ डलरमा बिक्रि भएको छ

मोटोरोलाको फोल्ड गर्न मिल्ने स्मार्टफोन लन्च

लेनोभोको स्वामित्व भएको मोटोरोला कम्पनीले मोटोरोला रेजर २०१९  फोन लन्च गरेको छ । मोटोरोलाले फ्रन्टमा एउटा सेकेन्डरी स्क्रीन पनि जडान गरेको छ, कम्पनीले  यसलाई  क्विक भ्यु एक्सटर्नल डिस्प्लेको नाम दिएको

सामसुङ ग्यालेक्सी एस -१० दोश्रोपटक ह्याक !

काठमाडौँ । जापानको टोकियोमा आयोजना गरीएको ह्याक गर्ने र पैसा जित्ने महोत्सबमा सामसुङ् ग्यालेक्सी एस-१० ह्याक भएको छ । नोभेम्बरको पहिलो सातामा भएको ह्याकर्स को पोन टु ओन  टोकयो समारोहमा ह्याकर्स


z