• २०८१ बैशाख ११ मंगलबार

फेक पोर्न भिडियो बनाउनु इन्स्टाग्राममा फोटो फिल्टर गरेजत्तिकै सहज

kharibot

बंगलादेश । सामाजिक सञ्जालमा तस्वीर तथा भिडियोहरु शेयर गरिरहनुहुन्छ भने त्यसको प्राइभेसीलाई लिएर सतर्क रहनुहोस् । किनकि, हाल इन्टरनेटमा सिलेब्रिटीहरुको असंख्य पोर्न तस्वीर तथा भिडियो उपलब्ध छ । एक प्रविधिविद्का अनुसार नक्कली पोर्न भिडियो र तस्वीर बनाउन त्यति नै सजिलो छ जति इन्स्टाग्राममा फोटो अथवा भिडियो फिल्टर गर्न । 

भिडियो भेरिफिकेसन कम्पनी अम्बेरका सीईओ समीर अलिभाइले डेलीस्टारसँगको कुराकानीमा साधारण प्रयोगकर्ता पनि यसको जोखिममा रहेको बताए । हाल डिपफेक पोर्न बनाउन धेरै सजिलो भएको र यसमा कसैको पनि पहुँच रहेको उनको भनाइ छ । 

समीरका अनुसार आगामी दिनमा प्रतिशोधका लागि यस्तो क्रियाकलाप बढ्ने र व्यक्तिको जीवन तथा परिवारलाई नराम्रो असर पर्न सक्ने जोखिम निकै रहेको छ । कसैको पनि फेक पोर्न फोटो बनाएर उसलाई बदनाम गर्न प्रविधिको सहायताले निकै सहज हुँदै गएको छ । यसले समाजलाई नकारात्मक असर पर्न सक्ने चेतावनी अलिभाइ दिन्छन् । 

अलिभाइले भने, ‘फेक पोर्न फोटो बनाउन इन्स्टाग्राममा तस्वीर फिल्टर गरेजत्तिकै छिटो र सजिलो हुने देखिएको छ भने यसको जोखिममा सबैभन्दा बढी महिला नै पर्ने सम्भावना पनि बढी छ । यसले मानिसको सामाजिक जीवनमा असर पर्नेछ भने ब्ल्याकमेलको समस्या पनि त्यतिकै बढ्ने अलिभाइ बताउँछन् । 

हलिवुड अभिनेत्री स्कारलेट जोहान्सन पनि कयौं डिपफेक पोर्न भिडियोमा पहिला नै इन्टरनेटमा देखिइसकेकी छन् । कयौं भिडियो पोर्न नभए पनि त्यसमा ट्रम्प, ओबामा, जुकरबर्गजस्ता चर्चित व्यक्तिले त्यस्तो कुरा गरिरहेको देखिन्छ, जुन उनीहरुले कहिल्यै बोलेकै छैनन् । 

कसरी बन्छ फेक भिडियो 

डिपफेक पोर्नलाई नियन्त्रित गर्ने हाल कुनै पनि कानून तयार छैन । वास्तवमा सजिलै डाउनलोड गर्न सकिने डिपफेक एपहरुले कृत्रिम बौद्धिकता र मेसिन लर्निङको सहायताले सजिलै पोर्न भिडियोको मुहार परिवर्तन गर्न सक्छन् । यसको लागि पहिला व्यक्तिले त्यस्तो भिडियो बनाउनुपर्छ जसको मुहार तार्गेट गरिएको व्यक्तिसँग मिल्दोजुल्दो होस् । त्यसपछि लक्षित व्यक्तिका धेरै तस्वीर फिड गरिन्छ । मेसिन लर्निङ एल्गोरिदमले मुहारलाई फ्रेम–बाइ–फ्रेम भिडियोमा सेट गर्दछ । यसरी वास्तविकझैं लाग्ने फेक पोर्न भिडियो बन्दछ । 

बोलिरहेकी मोनालिसा 

चालू वर्षको सुरुवाततिर सामसङको डिपफेक भिडियोमा मोनालिसाको तस्वीर बोलिरहेको देखिएको थियो । यसले पनि फेक म्यापिङ प्रविधि कति अघि पुगिसकेको छ भन्ने देखाउँछ ।

त्यस्तै, व्यक्तिको मुखबाट आवाज पनि सजिलै निकाल्न सकिने बताइएको छ । बोल्दा उनीहरुको ओठ यसरी हल्लिरहेको देखिन्छ, मानौं उनीहरुले साँच्चै नै बोलिरहेका छन् । विगत दिनहरुमा इन्स्टाग्राममा पनि यस्ता फेक भिडियो निकै शेयर भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै