पतिको अगाध प्रेमबाट आजित पत्नीले मागिन् डिभोर्स, भनिन् कहिल्यै झगडा नै गर्दैनन्

खरीबोट

यूएई । पुरुष र महिलाबीच सम्पत्ति, खराब आचरण, शारीरिकसमस्या आदि विभिन्न बेमेलका कारण डिभोर्स हुने गरेको त थाहा छँदै छ । तर, एक महिलाले आफ्नो पतिसँग डिभोर्स माग्दा यस्तो कारण बताइन् जसले गर्दा सुन्ने हरेक व्यक्ति अचम्ममा परेका छन् । 

यूएईकी ती महिलाका अनुसार उनका पतिले उनीसँग यति धेरै प्रेम गर्दछन्, जसबाट दिक्क भएर उनले डिभोर्स गर्न लागेकी हुन् । यूएईको एक अदालतमा ती महिलाले डिभोर्सका लागि निवेदन दिएकी हुन् । उनको विवाह भएको केवल १ वर्ष भयो । 

त्यहाँको स्थानीय सञ्चार माध्यमका अनुसार महिला आफ्नो पतिको प्रेमलाई सहन गर्न सकिरहेकी छैनन् । त्यसैले नै उनले डिभोर्स दिन चाहेकी हुन् । पतिले उनीसँग कहिल्यै ठूलो स्वरले समेत कुरा नगरेको, सधैं शान्त रहेको र आफूलाई कहिल्यै उदास हुन नदिएको उनको भनाइ छ । 

उनले अदालतलाई आफू पतिको प्रेम र स्नेहबाट दिक्क भएको बताइन् । पतिले घरको कामकाजमा पनि सघाउने र कहिलेकाहिँ खाना पनि बनाउने गरेको उनको भनाइ छ । उनका अनुसार विवाह भएको एक वर्षमा दुईबीच एक पटक पनि झगडा भएको छैन । 

समाचारका अनुसार महिलाले पति आवश्यकताभन्दा बढी उदार रहनुका साथै बढी नै प्रेम दिएकाले आफ्नो जीवन नरक बनेको बताएकी छन् । 

महिलाले भनिन्, ‘म एक झगडाको लागि पनि तड्पिरहेकी छु, तर मेरा रोमान्टिक पतिसँग झगडा गर्नु असम्भव जतिकै छ । किनकि, उनी हरेकपटक मलाई माफ गरिदिन्छन् र ममाथि गिफ्टको वर्षा नै गरिदिन्छन् । म उनीसँग वास्तवमा झगडा गर्न चाहन्छु, मैले गरेका गल्तीलाई उनले रोक्ने कोसिस गरुन्  भन्ने चाहन्छु । मलाई त्यस्तो जिन्दगी चाहिँदैन जसमा मेरा पतिले मैले भनेको सबै कुरा मानून् ।’

पतिलाई यसबारे सोध्दा उनले यसमा आफ्नो गल्ती पटक्कै नभएको बताए । उनले आफू केवल एक आदर्श पति बन्न चाहेको बताए । 

यहाँसम्म कि पतिले कोर्टलाई आफ्नी पत्नी फिर्ता दिन अपिल समेत गरेका छन् । कुनै पनि विवाहको निर्णय १ वर्षमै सुनाउन नहुने उनको भनाइ छ । हरेकले आफ्ना पूर्व गल्तीबाट नै सिक्नेमा उनले जोड दिएका छन् । अदालतले भने यस विषयलाई आपसमा सुल्झाउन भनी मुद्दालाई स्थगित गरेको छ । 
 

सम्बन्धित समाचार

प्रेमगीत-३ मा अनुभव र योगीशाको यस्तो अवतार

काठमाडौँ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माणाधिन यस वर्षको प्रतिक्षीत चलचित्र मानिएको ‘प्रेमगीत ३’ का कलाकार अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा

‘प्रेम गीत ३’ को सुभमुहर्त, आजैदेखि छायांकनमा

काठमाडौँ । बर्षकै प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को छायांकन सुरु गरिएको छ ।  काठमाडौँस्थित दक्षिणकाली मन्दिरमा शुभमुहर्त गरेर आजैबाट यो चलचित्रको छायांकन थालिएको हो । चलचित्र आगामी चैत २८ मा प्रदर्शन हुनेछ

प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक, योद्धाको अवतारमा देखिए प्रदिप

काठमाडौँ । यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक भएको छ । कात्तिक २२ गतेबाट फ्लोरमा निस्कन लागेको फिल्मको टिजर पोस्टरमा प्रदीप खड्कालाई योद्धाको अवतारमा प्रस्तुत गरिएको

प्रेमसम्बन्धका कारण म्याक्डोनाल्डसका प्रमुख पदबाट ब्रुक निष्कासित

न्यूयोर्क । अमेरिकी प्रसिद्ध रेष्टुरेण्ट कम्पनी म्याक्डोनाल्ड्सले उसको प्रमुख कार्यकारी स्टिभ इस्टर ब्रुकलाई पदबाट हटाएको जनाएको छ । आइतबार भएको निर्णयअनुसार ब्रुकको स्थानमा म्याकडोनाल्डले कम्पनीको अमेरिका प्रमुख (अध्यक्ष) क्रिस केम्पजिन्स्कीलाई नियुक्त


z