• २०८१ बैशाख ७ शुक्रबार

पहिरोले पाल्पाको लघुजलविद्युत् आयोजना बन्द

kharibot

पाल्पा । सुतीखोला लघु जलविद्युत आयोजना तिनाउको विद्युत् पावरहाउसमा ल्याइएको कुलोमा पहिरो खसेपछि विद्युत् आपूर्ति बन्द भएको छ । अविरल वर्षाले गर्दा कुलोमाथिबाट विभिन्न ठाउँमा पहिरो खसेर कुलो पुरिएको र विभिन्न भागमा भत्किएकाले एक महीनादेखि यहाँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् ।

विद्युत् आपूर्ति बन्द भएपछि जिल्लाको तिनाउ गाउँपालिका कोलडाँडाका २४५ घरधुरीका स्थानीय समस्यामा परेको सुतीखोला लघुजलविद्युत् आयोजनाका व्यवस्थापक गणेश रासकोटीले बताए । “३०० स्थानीयवासीको श्रमदानबाट कुलो मर्मत गरिए पनि आयोजना सञ्चालन गर्न सकिएको छैन, कुलोमा पर्खाल लगाउन र सफा गर्न समस्या भइरहेको छ”, उनले भने ।

अबको एक हप्तामा कुलो मर्मतकार्य सम्पन्न गरेर विद्युत् आपूर्ति सञ्चालन गर्ने योजना रहेको छ । विसं २०६४ मा सञ्चालनमा आएको यस आयोजनाबाट केन्द्रीय विद्युत् प्रसारण लाइन गाउँमा नपुगे पनि यहाँका स्थानीयवासीलाई विद्युत् आपूर्तिमा ठूलो सहयोग मिलेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै