काठमाडौं । सरकारले पूर्वसचिव युवराज भुसाललार्इ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको सिइओमा नियुक्त गरेको हो ।
गोविन्द पोख्रेलले राजिनामा दिएपछि सरकारले भुसाललाई पुनर्निर्माण प्राधिकरणको सिईओ बनाएको हो ।
पोख्रेलले प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट सिफारिसमा परेसँगै गत शनिबार राजीनामा दिएका थिए ।