• २०८१ बैशाख ७ शुक्रबार

ब्रह्माण्डमा कसरी फैलियो प्रकाश ? यस्तो छ रहस्य !

kharibot

काठमाडौँ । वैज्ञानिकहरुले ब्रह्माण्ड अन्धकार युगबाट निस्केर हालको प्रकाशमान युगमा आइपुग्नुको पछाडि रहेको रहस्यको उद्घाटन गरेका छन् । अमेरिकामा स्थित आयोवा विश्वविद्यालयका अनुसन्धाताहरुले यस रहस्यको उद्घाटन गरेका हुन् ।

उनीहरुका अनुसार आकाशगंगाको भित्र ब्ल्याक होलले यस्तो प्रचण्ड हावा उत्पन्न गर्छ जसले आकाशगंगामा प्वाल पार्ने पदार्थलाई बाहिर निकालिदिन्छ जसका कारण प्रकाश बाहिर निस्किन बाटो मिल्दछ ।

बिग ब्याङ अथवा महाविस्फोटको लगत्तै ब्रह्माण्डमा अँध्यारो छाएको थियो । यो घटनाका कारण कस्मोस अर्थात् हालको ब्रह्माण्डको निर्माण भयो । उक्त समयमा यो निकै तातो थियो र ठूलो मात्रामा ग्यास निस्किरहेको थियो । जसका कारण प्रकाश बाहिर निस्किन पाइरहेको थिएन ।

बिग ब्याङको करीब एक करोड वर्षपछि ब्रह्माण्डको विस्तार हुन सुरु भयो र यो पारदर्शी हुन थाल्यो । त्यसपछि आकाशगंगा ग्रह, तारा र अन्य पदार्थले भरियो जसबाट प्रकाश निस्किन्छ ।

एक अर्को अध्ययनका अनुसार आकाशगंगाको केन्द्रमा रहेको ब्ल्याकहोलले यति तीव्र गतिमा पदार्थलाई बाहिर निकालिरहेको छ कि यसबाट निस्केको पदार्थले वातावरणलाई नै छेडेर प्रकाशलाई बाहिर निकालिरहेको छ जसको कारण आकाशगंगा प्रकाशमान भएको छ ।

अनुसन्धानकर्ताहरु आकाशगंगाको अध्ययन गरेर यो तथ्यको नजिक पुगेका हुन् । हामी बस्ने पृथ्वी अवस्थित रहेको आकाशगंगााट परावैजनी किरण बाहिर निस्किरहेको छ ।

विश्वविद्यालयमा भौतिक एवं अन्तरिक्ष विज्ञान विभागका प्राध्यापक फिली क्यारेटले भने, ‘यो अध्ययनले धेरै चम्किला किरणहरु कहाँबाट आइरहेका छन् भन्ने स्रोतको पत्ता लगाउन धेरै सहयोग गरेको छ । यसले सम्भवतः ब्ल्याकहोलको आकार पनि बढिरहेको संकेत गर्छ ।’

एजेन्सीको सहयोगमा

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै