• २०८१ बैशाख १३ बिहीबार

हेलिकप्टर दुर्घटनामा हराएको पेस्तोल भेटियो

kharibot

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ । 

यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकप्टर दुर्घटना हुँदा उहाँका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएको थियो । 

ताप्लेजुङको अस्थाई प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त पेस्तोलसहित दुई थान म्याग्जिन, तीन थान साबुत गोली, तीन वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको प्रहरीले आज जानकारी दिएको छ ।

सो दुर्घटनामा मन्त्री अधिकारी र जमदार घिमिरेसहित सातको निधन भएको थियो । तेह्रथुमको एक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा खराम मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै