• २०८१ बैशाख ६ बिहीबार

महिनावारी हुँदा यौन सम्पर्क राख्नु कति उचित ? 

kharibot

काठमाडौँ । के तपाईं महिनावारी हुँदा यौन सम्पर्क राख्नुहुँदैन भन्ने सोच्नुहुन्छ ? त्यस समय योनिको वरिपरि धेरै फोहोर हुने भएकाले यौन आनन्द लिन सकिँदैन भन्ने धारणा छ भने यो गलत हो ।

महिनावारी हुँदा यौन सम्पर्क राख्नु साधारण कुरा हो । यदि तपाईंले हालसम्म यसको अनुभव बटुल्नुभएको छैन भने एकपटक यसको अनुभव लिनु आवश्यक छ । किनकि महिनावारी हुँदा महिलाको शरीरमा केही अनौठा परिवर्तनहरु हुन्छन् । 

लुब्रिकेशनको आवश्यकता हुँदैन 

यदि तपाईंलाई अन्य बेलामा लुब्रिकेशनको आवश्यकता हुन्छ भने महिनावारी हुँदा त्यसको आवश्यकता पर्दैन । त्यस बेला योनिमा यतिधेरै रगत जम्मा भएको हुन्छ, जसले योनिलाई नरम बनाइरहेको हुन्छ । महिनावारी हुँदाको समयमा योनि लुब्रिकेशन प्रयोग गर्दा भन्दा पनि नरम हुन्छ र यौन सम्पर्कको लागि सहज हुन्छ । 

महिनावारीका लागि फाइदा 

यदि महिनावारी हुँदा यौन सम्पर्क राख्नुहुन्छ भने यसले महिनावारीलाई पनि फाइदा पुग्छ । यसले योनिदेखि पाठेघरसम्मको कसरत हुने भएकाले महिनावारी समयमै र सजिलै हुन थाल्छ । यस समय यौन सम्पर्क राख्दा इन्डार्फिन र प्रोस्टाग्लाइडिन जस्ता हार्मोन निष्कासन हुने भएकाले यो महिनावारीका लागि अझ फाइदाकारी हुन्छ । 

पीडा हुन्छ कम 

महिनावारी हुँदा जोकोहीलाई पनि धेरै पीडा हुन्छ । यदि महिनावारी हुँदा यौन सम्पर्क राख्नुहुन्छ भने पीडामा पनि राहत मिल्छ । अर्गाजममा पुग्दा मस्तिष्कबाट इन्डोर्फिन नामक हार्मोन निष्कासन हुन्छ जसका कारण पीडाको महसूस कम हुन्छ । यो हार्मोनलाई फिल गुड हार्मोन पनि भनिन्छ । 

गर्भधारणको सम्भावना नष्ट हुँदैन 

यदि महिनावारी हुँदा यौन सम्पर्क गरेमा गर्भ रहँदैन कि भन्ने डर छ भने त्यो गलत हो । यद्यपि, महिनावारी हुँदा यौन सम्पर्क राख्नाले गर्भधारणको सम्भावना कम हुन सक्छ, तर गर्भै नरहने भन्ने चाहिँ हुँदैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै