• २०८१ बैशाख ५ बुधबार

मोटोपना यौनको लागि खतरनाक !

kharibot

काठमाडौं । मोटोपनले तपाईंको यौनप्रतिको रुचि घटाइरहेको हुन सक्छ । यदि अहिले नै सतर्क रहनुभएन भने भविष्यमा पछुताउनुपर्ने अवस्था आउन सक्छ । 

मोटोपना धेरै रोगको कारण बन्न सक्छ भन्ने कुरामा त कुनै शंका छैन । मोटोपनाक कारण मुटुसम्बन्धी रोग (हृदयघात, स्ट्रोक आदि) हुन सक्छ । त्यस्तै, हाइपरटेन्सन, मधुमेह, अस्टियो अर्थराइटिस, क्यान्सर आदि रोग लाग्ने सम्भावना पनि मोटो मानिसलाई हुन्छ । मोटोपनाले यौन जीवनमाथि पनि त्यतिकै असर पार्छ ।

न्युयोर्कको बफालो युनिभर्सिटीमा गरिएको एक अध्ययनका अनुसार मोटोपनाले पुरुषहरुमा टेस्टोस्टेरोन हार्मोनलाई घटाउन सक्छ । टेस्टोस्टेरोन हार्मोन पुरुषको कामेच्छा बढाउन महत्त्वपूर्ण हुन्छ । यदि यो हार्मोनको स्तर कम भयो भने मानिसको यौन सक्रियता कम हुन्छ । 

सेक्सुअल पर्फर्मेन्सको लागि स्टामिना धेरै महत्त्वपूर्ण हुन्छ । तर, मोटोपनाले स्टामिना अथवा शारीरिक क्षमतामा असर पुर्याउँछ । यसका कारण पुरुषको हार्मोन्समा धेरै परिवर्तन आउँछ । 

यही परिवर्तनका कारण पुरुषहरुमा टेस्टोस्टेरोन हार्मोन घटेर यौनेच्छामा कमी आउँछ । यसका साथै मोटोपनाका कारण लिंगमा रक्तप्रवाह राम्ररी हुँदैन । रक्तप्रवाहको कमी भएमा इरेक्टाइल डिस्फंक्सन अथवा उत्तेजनामा पनि कमी आउँछ । 

टेस्टोस्टेरोन हार्मोनले लिंगवरिपरिको हाड सबल बनाई त्यसको विकासमा सहयोग पुर्याउँछ । प्युभर्टी अथवा यौवनको स्तरमा पुगेपछि यो हार्मोन बढ्न लाग्छ र बढ्दो उमेरसँगै यो हार्मोन घट्न थाल्छ । यसका साथै प्युभिक भाग र जाँघको भित्री भागमा बोसो बढ्नाले वीर्यकोषको तापमान ३५ डिग्रीभन्दा बढी रहन्छ । यसका कारण वीर्यको संख्यामा पनि कमी आउँछ । 

त्यसैले मोटोपना धेरै प्रकारका रोग र यौन जीवनका लागि पनि ठूलो समस्या हो । अतः मोटोपना कम गर्ने उपाय अपनाउन थाल्नु नै स्वास्थ्यको दृष्टिकोणले राम्रो हो । मोटोपना घटाउन दैनिक आहार कम गर्नुभन्दा पनि सही आहारविहार र व्यायाम गर्नु सबैभन्दा बढी लाभदायक हुन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै