Skip This

मोटोपना यौनको लागि खतरनाक !

खरीबोट

काठमाडौं । मोटोपनले तपाईंको यौनप्रतिको रुचि घटाइरहेको हुन सक्छ । यदि अहिले नै सतर्क रहनुभएन भने भविष्यमा पछुताउनुपर्ने अवस्था आउन सक्छ । 

मोटोपना धेरै रोगको कारण बन्न सक्छ भन्ने कुरामा त कुनै शंका छैन । मोटोपनाक कारण मुटुसम्बन्धी रोग (हृदयघात, स्ट्रोक आदि) हुन सक्छ । त्यस्तै, हाइपरटेन्सन, मधुमेह, अस्टियो अर्थराइटिस, क्यान्सर आदि रोग लाग्ने सम्भावना पनि मोटो मानिसलाई हुन्छ । मोटोपनाले यौन जीवनमाथि पनि त्यतिकै असर पार्छ ।

न्युयोर्कको बफालो युनिभर्सिटीमा गरिएको एक अध्ययनका अनुसार मोटोपनाले पुरुषहरुमा टेस्टोस्टेरोन हार्मोनलाई घटाउन सक्छ । टेस्टोस्टेरोन हार्मोन पुरुषको कामेच्छा बढाउन महत्त्वपूर्ण हुन्छ । यदि यो हार्मोनको स्तर कम भयो भने मानिसको यौन सक्रियता कम हुन्छ । 

सेक्सुअल पर्फर्मेन्सको लागि स्टामिना धेरै महत्त्वपूर्ण हुन्छ । तर, मोटोपनाले स्टामिना अथवा शारीरिक क्षमतामा असर पुर्याउँछ । यसका कारण पुरुषको हार्मोन्समा धेरै परिवर्तन आउँछ । 

यही परिवर्तनका कारण पुरुषहरुमा टेस्टोस्टेरोन हार्मोन घटेर यौनेच्छामा कमी आउँछ । यसका साथै मोटोपनाका कारण लिंगमा रक्तप्रवाह राम्ररी हुँदैन । रक्तप्रवाहको कमी भएमा इरेक्टाइल डिस्फंक्सन अथवा उत्तेजनामा पनि कमी आउँछ । 

टेस्टोस्टेरोन हार्मोनले लिंगवरिपरिको हाड सबल बनाई त्यसको विकासमा सहयोग पुर्याउँछ । प्युभर्टी अथवा यौवनको स्तरमा पुगेपछि यो हार्मोन बढ्न लाग्छ र बढ्दो उमेरसँगै यो हार्मोन घट्न थाल्छ । यसका साथै प्युभिक भाग र जाँघको भित्री भागमा बोसो बढ्नाले वीर्यकोषको तापमान ३५ डिग्रीभन्दा बढी रहन्छ । यसका कारण वीर्यको संख्यामा पनि कमी आउँछ । 

त्यसैले मोटोपना धेरै प्रकारका रोग र यौन जीवनका लागि पनि ठूलो समस्या हो । अतः मोटोपना कम गर्ने उपाय अपनाउन थाल्नु नै स्वास्थ्यको दृष्टिकोणले राम्रो हो । मोटोपना घटाउन दैनिक आहार कम गर्नुभन्दा पनि सही आहारविहार र व्यायाम गर्नु सबैभन्दा बढी लाभदायक हुन्छ ।
 

सम्बन्धित समाचार

बिहान कति बेला उठ्ने ?

"अर्ली टू बेड-अर्ली टू राइज मेक्स अ पर्सन हेल्दी, वेल्दी ऐन्ड वाइज ।" अङग्रेजीको यो उखान निकै पुरानो हो । जसको मत्लब हो, बिहान चाडैं उठ्नु लाभदायक हुन्छ, यसले मानिसलाई

सान्युको 'पाँच नग्न' पेन्टिङ रेकर्ड तीन सय मिलियनमा बिक्री

हङकङ । हङकङको वान चाइ कन्भेन्सन सेन्टरमा आयोजित २०औं शताब्दीको कन्टेम्पोररी कला साँझमा चीनिया-फ्रान्सेली कलाकार सान्युको १९५५ मा बनेको 'पाँच नग्न', तीन सय तीन मिलियन हङकङ डलरमा बिक्रि भएको छ

आज बालाचतुर्दशी पर्व मनाइदै : किन छरिन्छ शतबीज ?

काठमाडौँ । प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको

रसुवामा रंगीन जादू

रसुवा । “ओइ ! ऊ त्यहाँ हेर् त कति राम्रो हाम्रो घुम्ती बजार”, एकले भने । “हो त नि है, हेर न ऊ त्यो कालिकास्थान पनि आम्मा..म्मा ! गणेश हिमाल


z