• २०८१ बैशाख ६ बिहीबार

ब्रह्माण्डमा हामी एक्लै छौँ त ? नासाले ‘टेक्नोसिग्नेचर’ पहिचान गरी ‘एलियन लाइफ’ खोज्ने !

kharibot

अमेरिका । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले एलियन लाइफ (अर्कै ग्रहमा भएको हुनसक्ने मानिसजस्तै जीव) खोज्न नयाँ तरिका अपनाउने भएको छ ।

अन्य ग्रहमा पृथ्वीका मानिसभन्दा सभ्यताको विकासका दृष्टिले उच्चस्तरीय सभ्यतामा बाँचिरहेका मानिस हुनसक्ने भन्दै नासाले अब ‘टेक्नोसिग्नेचर’हरु पत्ता लगाउन नयाँ तरिका अवलम्बन गर्न लागेको नासाले जनाएको छ ।

यसका लागि नासाले हस्टनमा एउटा वर्कशप होष्ट गर्नेछ जसले टेक्नोसिग्नेचर संकेतहरु पत्ता लगाउने प्रयास गर्नेछ । 

उच्च विकसित सभ्यतामा बाँचिरहेका भए पक्कै पनि केही न केही प्राविधिक संकेत मिल्ने नासाको अनुमान छ । नासाले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार टेक्नोसिग्नेचरहरु भनेका संकेत वा संकेतक कुराहरु हुन्, जुन यदि भेटियो भने त्यसले यस ब्रह्माण्डको जहाँकतै रहेको टेक्नोलजिकल लाइफ (जीवन)को अस्तित्वसम्म पुग्न सकिनेछ । टेक्नोसिग्नेचर भनेका रेडियो संकेतहरु हुन् भन्ने गरिए पनि अन्य धेरै यस्ता संकेतहरु पत्ता लाग्न बाँकी रहेको छ । 

हाम्रो सौर्यप्रणालीभन्दा बाहिरको क्षेत्रलाई आधार मान्दा टेक्नोसिग्नेचरहरु सञ्चार संकेतमा सीमित रहेका भए पनि रेडियो वा लेजर प्रकारका, ठूला संरचनाका संकेत वा कुनै वायुमण्डललाई प्रमाणका रुपमा व्याख्या गरिएको छ । 

यसका लागि नासासँग धेरै तरिका र प्रविधि रहेको छ, जसको प्रयोगबाट नासाले सौर्यप्रणालीभन्दा बाहिर रहेका एक्सोप्लानेट हेर्छ । जस्तै ३ सय ३७ मिलियन डलरको टेस स्याटेलाइट । 

सेप्टेम्बरको सुरुतिर मात्रै नासाले टेस स्याटेलाइटले खिचेको पहिलो फोटो सार्वजनिक गरेको थियो । जहाँ अन्य धेरै ग्रह र ताराहरु रहेका थिए । तिनैमध्ये कुनैमा एलियन लाइफ हुनसक्ने उसको अनुमान छ । त्यस्तै केही समयअघि मात्रै फाष्ट रेडियो बस्र्ट (एफआरबीएस) पनि डिप स्पेसबाट आइरहेको पत्ता लागेको थियो । त्यसपछि अर्थात् केही समयअघि मात्रै रहस्यमय रेडियो संकेतहरु जुन ३ बिलियन प्रकाशवर्ष टाढाबाट आएको पत्ता लागेका थिए । 

यी सबै संकेतहरु सर्च फर एक्स्ट्राटेरेष्ट्रियल इन्टेलिजेन्स (सेटी) जुन एउटा आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्राम हो, त्यसबाट पत्ता लागेका थिए । 

यति हुँदाहुँदै पनि उच्च विकसित सभ्यताको प्रमाण फेला पर्ने नपर्ने भन्नेचाहिँ अन्योलमै छ । भौतिकशास्त्री एनरिको फेर्मीले आफ्नो फेर्मी प्याराडक्समा यदि त्यस्तो जीवन थियो भने पृथ्वीका मानिसले भेटिसकेको हुने थियो भनेका थिए । तर उता खगोलविद् फ्रांक ड्राकेले सन् १९६१ मा ड्राके इक्वेसन भन्ने सूत्र तयार गरे जसले तारा मण्डलमा १० हजार यस्ता सभ्यता अस्तित्वमा हुनसक्ने बताउँछ ।

तर पत्ता लागे पनि नलागे पनि नासाले भने एलियन लाइफको संकेत भेट्टाउन प्रयास जारी राख्ने जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै