• २०८३ जेठ २६ मंगलबार

ओलिसको ह्याट्रिकमा फ्रान्स विजयी

ओलिसको ह्याट्रिकमा फ्रान्स विजयी

काठमाडौं । फ्रान्सले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा उत्तरी आयरल्याण्डलाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा माइकल ओलिसले ह्याट्रिक गरेका थिए । उनले खेलको ४३औं, ४९औं र ७५औं मिनेटमा गोल गरेका थिए । त्यस्तै उत्तरी आयरल्याण्डका लागि प्याट्रिक केलीले एक गोल फर्काएका थिए । 

विश्वकपमा समुह आई मा रहेको फ्रान्सले आफ्नो पहिलो खेल अब जुन १७ मा सेनेगलविरुद्ध खेल्ने तालिका रहेको छ ।  त्यस्तै फ्रान्सले जुन २३ मा इराकसँग र जुन २७ मा नर्वेसँग खेल्ने तालिका रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै