• २०८३ बैशाख ३१ बिहीबार

युएईले दियो १२८ नेपालीलाई आममाफी

युएईले दियो १२८ नेपालीलाई आममाफी

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) ले रमजानको अवसरमा १२८ नेपालीलाई आममाफी दिएको छ ।

परराष्ट्र मन्त्रालयले  रमजानको शुभ अवसरमा युएईले १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा जानकारी दिएको छ । आममाफी पाएका नेपालीको पहिचान भने खुलाइएको छैन ।

मन्त्रालयले भनेको छ- 'पवित्र रमजानको शुभ अवसरमा १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकार युनाइटेड अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ ।' 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै