काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनीकी पत्नी मंसूरेह खोजस्तेह बघेरजादेहको पनि निधन भएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमले बघेरजादेहको पनि निधन भएको जानकारी दिएका छन् । रिपोर्टअनुसार शनिबार अमेरिका-इजरायलको संयुक्त हवाई आक्रमणका क्रममा घाइते भएकी बघेरजादेहले उपचारका क्रममा आज ज्यान गुमाएकी हुन् ।
यसअघि सोही आक्रमणमा खामेनीसहित ४० भन्दा बढी इरानी वरिष्ठ अधिकारीको मृत्यु भएको थियो ।









