• २०८२ फाल्गुण २५ सोमबार

मदिरा घोटाला प्रकरणमा निर्दोष साबित भए केजरीवालसहित आप नेता

kharibot

काठमाडौँ । दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनीष सिसोदिया मदिरा घोटाला प्रकरणमा निर्दोष साबित भएका छन् । राउज एवेन्यू कोर्टले मदिरा घोटाला मुद्दामा केजरीवाल र सिसोदियाविरुद्ध कुनै प्रमाण फेला नपरेको आदेश दिएपछि दुवै जना निर्दोष साबित भएका हुन् । 

अदालतको आदेशपछि केजरीवालले मिडियासँग कुरा गर्दै रोएका थिए । उनले भने- 'बीजेपीले जसरी हामीमाथि मदिरा घोटाला आरोप लगाउँदै आएको थियो, आज अदालतले हामीलाई निर्दोष साबित गएको छ । सत्यको विजय भएको छ । भगवान हाम्रो साथ छन् । मोदी जी र अमित शाहले ठूलो राजनीतिक षड्यन्त्र रचेका थिए । आम आदमी पार्टीका शीर्ष चार नेताहरूलाई जेलमा राखिएको थियो । मैले जीवनभर ईमानदारीले काम गरेको छु । प्रधानमन्त्रीज्यू, देशका समस्याहरू समाधान गरेर मात्र सत्ता सम्हाल्नु शोभा हुन्छ, अरूमाथि आरोप लगाउनु शोभा दिन्दैन ।'

अदालतले आफ्नो निर्णयमा भनेको छ, चार्जशीटमा हजारौं पृष्ठका प्रमाणहरूमा धेरै त्रुटी र विरोधाभास भएको उल्लेख छ । सिसोदियाविरुद्धको मुद्दा पनि पहिलो दृष्टिमा साबित हुन सकेन भने केजरीवालको नाम बिना ठोस प्रमाण जोडिएको अदालतले आफ्नो आदेशमा भनेको छ । अदालतले संवैधानिक पदमा रहेका व्यक्तिसँग सम्बन्धित आरोप बिना पुख्ता प्रमाण कानुनको सिद्धान्तअनुसार अस्वीकार्य भएको पनि उल्लेख गरेको छ । चार्जशीटमा राखिएका धेरै कुरा गवाह वा प्रमाणसँग मेल नखाएको आदेशमा उल्लेख छ ।

यसअघि कम्प्ट्रोलर एण्ड अडिटर जनरल अफ इन्डियाले दिल्लीको मदिरा नीतिसम्बन्धी रिपोर्ट प्रकाशित गरेको थियो । रिपोर्टमा सरकारले २०२६ करोड भारतीय रुपैयाँ राजस्व घाटा भोगेको र शराब नीतिमा धेरै कमजोरी रहेको उल्लेख थियो । रिपोर्टमा लाइसेन्स वितरणमा समस्या रहेको र कथित रूपमा आम आदमी पार्टीका नेताहरूले लाभ लिएको पनि दाबी गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै