काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म धुरन्धरले बक्स अफिसमा रेकर्ड तोड्दै २५औं दिनमा ११.१३ करोड कमाएको छ ।
२५ दिनमा १११३ करोड कलेक्सनसहित, बलिवुद्को इतिहासमा तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । कमाईको हिसाबले, फिल्मले शाहरुख खानको पठानको रेकर्ड तोडेको छ, जसको कुल कलेक्सन १०५० करोड भारु रहेको थियो । अब, यो फिल्मले चाँडै नै जवानको रेकर्ड पनि तोड्न सक्ने देखिएको छ ।
बलिवुडको इतिहासमा सर्वाधिक कमाई कलेक्सन गर्ने फिल्म दंगल हो । दंगलले १९६८ करोड कमाई गरेको थियो भने जवानले ११४८ करोड कमाई गरेको थियो । त्यस्तै फिल्म धुरन्धरले १११३ करोड कमाई गर्दै तेस्रो स्थानमा रहेको छ । त्यस्तै पठानले १०५० करोड र एनिमलले ९१७ करोड कलेक्सन गरेको थियो ।
फिल्म धुरन्धर डिसेम्बर ५ मा रिलिज भएको थियो । यो फिल्म २०२५ को सबैभन्दा ठूलो फिल्म साबित भएपछि, धुरन्धरको दोस्रो भाग मार्चमा रिलिज हुने तय भएको छ । फिल्मको दोस्रो भाग १९ मार्च २०२६ मा रिलिज हुने घोषणा गरिएको छ । यसको बक्स अफिसमा यश र कियारा आडवाणी अभिनित फिल्म टक्सिकसँग भिडन्त हुने भएको छ ।









