काठमाडौँ । नेकपा एमालेले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दैछ । एमालेले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी षड्यन्त्र भन्दै यसकोको विरोधमा आज ७७ वटै जिल्लामा प्रदर्शन र सभा गर्न लागेको हो ।
एमालेले प्रतिनिधि सभा पुनर्स्थापना गर्न, भदौ २३ र २४ का आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न र तोडफोड. लुटपाट. आगजनीमा संलग्न अपराधीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेको छ ।
यसअघि एमालेले कार्तिक २५ गते देशभरका स्थानीय तहमा प्रदर्शन र सभा गरेको थियो । एमालेले मङ्सिर ६ गते काठमाडौँमा विशाल जनसभा गर्ने घोषणा गरेको छ ।









