• २०८२ कार्तिक २८ शुक्रबार

काँग्रेसको केन्द्रीय समितिको बैठक सर्यो

kharibot

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यस अघि शनिबार दिउँसो २ बजे बस्ने भनिएकोमा उक्त बैठक सोमबार मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै