• २०८२ कार्तिक २८ शुक्रबार

एसिया कप राइजिङ स्टार्समा वैभव सुर्यबंशीले बनाए ४२ बलमा १४४ रन

kharibot

काठमाडौं । कतारको दोहामा जारी एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गतको खेलमा  भारतका वैभव सुर्यबंशीले आक्रामक ब्याटिंग गर्दै ४२ बलमा १४४ रन बनाएका छन् ।

भारत 'ए' बाट खेल्दै सुर्यबंशीले युएईविरुद्ध ४२ बलमा १४४ रन बनाएका हुन् । उनले ३१ बल खेल्दै शतक पुरा गरेका थिए । आफ्नो इनिंगमा उनले १५ छक्का र ११ चौका प्रहार गरेका थिए । त्यस्तै भारतका लागि कप्तान जितेश शर्माले अविजित ८३ रन बनाएका थिए । 

टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउदै २९७ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै