काठमाडौं । कतारको दोहामा जारी एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गतको खेलमा भारतका वैभव सुर्यबंशीले आक्रामक ब्याटिंग गर्दै ४२ बलमा १४४ रन बनाएका छन् ।
भारत 'ए' बाट खेल्दै सुर्यबंशीले युएईविरुद्ध ४२ बलमा १४४ रन बनाएका हुन् । उनले ३१ बल खेल्दै शतक पुरा गरेका थिए । आफ्नो इनिंगमा उनले १५ छक्का र ११ चौका प्रहार गरेका थिए । त्यस्तै भारतका लागि कप्तान जितेश शर्माले अविजित ८३ रन बनाएका थिए ।
टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउदै २९७ रन बनाएको छ ।









