काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र पाएको छ । पार्टीको चुनाव चिन्ह तारा कायम भएको छ ।
कार्तिक १९ गते तत्कालिन माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न १० दल एक र अभियान एक भएर नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिएको थियो ।
नेपाली कम्युनिष्ट पार्टीले कार्तिक २० गतेनै आयोगमा दल दर्ताको निवेदन दिएको थियो ।









