• २०८२ कार्तिक २८ शुक्रबार

प्रधानमन्त्री कार्कीको मतदाता नामावली दर्ताको म्याद थप्न निर्वाचन आयोगलाई आग्रह

kharibot

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोन कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गरेकी हुन् । यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएको उनको सचिवालयले जानकारी दिएको छ ।  

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ । यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् । त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी दिए । 

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि अनलाइनमा एकै पटक धेरै जनाले प्रयास गर्दा निर्वाचन आयोगको वेभसाइट नखुल्ने समस्या देखिएको छ । फागुन २१ गतेको निर्वाचनका लागि आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली दर्ता गर्ने समय तोकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै