काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व सांसद सन्तोष परियारले पार्टी छोडेका छन् ।
प्रवक्ता मनिष झाका अनुसार सचिवालय सदस्य परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई राजीनामा पत्र बुझाएर पार्टी छोडेको जानकारी गराएका हुन् ।
परियारले राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजना बनाएको जानकारी गराएको प्रवक्ता झाले बताएका छन् । परियार विघटित प्रतिनिधि सभामा रास्वपाबाट समानुपातिक सांसद बनेका थिए । पुर्व सांसद सुमना श्रेष्ठपछि पार्टी छोड्ने परियार दोस्रो उच्च तहका नेता हुन् ।









