• २०८२ कार्तिक २८ शुक्रबार

सिभिल इञ्जिनियर र आर्किटेक्चरहरुलाई काठमाडौँ महानगरमा पूर्णकालीन प्रशिक्षार्थीको रुपमा काम गर्ने अवसर

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगमार्फत योग्य सिभिल इन्जिनियर र आर्किटेक्टहरूलाई नगर प्रशासनभित्र संरचित व्यावसायिक सिकाइको अनुभव प्रदान गर्न यो करियर क्याम्प कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

काठमाडौँ महानगरपालिका, सहरी योजना आयोगद्वारा सञ्चालित करियर क्याम्प २०८२ कार्यक्रम अन्तर्गत सिभिल इन्जिनियरिङ तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण भएकाहरूलाई ९ महिनाका लागि पूर्णकालीन प्रशिक्षार्थीका रूपमा छनोट गरी महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरूको संरचनागत प्रारूप तयार गर्ने, ड्रइङ डिजाइन र लागत अनुमान तयार गर्ने तथा महानगरवाट हुँदै गरेका निर्माण कार्यहरूको सुपरिवेक्षण तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सहभागी गराई व्यावसायिक सीप, दक्षता, र अनुभव प्रदान गर्ने  जनाएको छ ।

यसका लागि महानगरले आवेदनका लागि यस सूचना प्रकाशित गरेको छ ।

यस कार्यक्रमका सहभागी हुन चाहने योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएकोले १५ (पन्ध्र) दिनभित्र काठमाडौँ महानगरपालिकाको वेभसाइटमा रहेको करियर क्याम्पको लिंकमा आफ्नो आवेदन दिन महानगरले आग्रह गरेको छ । यसका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह (अर्वान प्लानिङ, सिभिल इन्जिनियरिङ, आर्किटेक्चर) रहेको छ र महानगरले २२ जनालाई ९ महिनाका लागि पूर्णकालीन प्रशिक्षार्थीका रूपमा छनोट गरे प्रतिमहिना २५ हजार पारिश्रमिक दिने जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै