• २०८२ कार्तिक २८ शुक्रबार

न्यूजील्याण्डका जिम्मी निशाम पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

kharibot

काठमाडौँ । न्यूजील्याण्डका अल राउण्डर जिम्मी निशाम नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा पनि खेल्ने भएका छन् ।

एनपीएल फ्रेन्चाइजी पोखरा एभेन्जर्सले निशामलाई भित्र्याएको हो । पोखराले शुक्रबार बिहान निशामलाई भित्राएको जानकारी दिएको हो ।

निशामले एनपीएलको पहिलो सिजनमा जनकपुर बोल्ट्सबाट खेलेका थिए र उनले जनकपुरलाई च्याम्पियन बनाउन ठुलो भूमिका खेलेका थिए ।

३५ बर्षिय निशामले पहिलो सिजनमा जनकपुरबाट ९ खेल खेल्दै २४७ रन बनाएका थिए भने ७ विकेट पनि लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै